२०८० मंसिर २५, सोमबार
नवलपुर । डेढ करोडको लगानीमा गुरुकुल भवन निर्माण भएको छ । नवलपुरको गैँडाकोट एक मौलकालिका मन्दिरमा एक करोड ५० लाखको लागतमा गुरुकुल भवन निर्माण भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
संस्कृत शिक्षा अध्ययनका लागि तिन तह सरकारको लागतमा मौलाकालिका संस्कृत विद्यापीठ गुरुकुलको भवन निर्माण गरिएको हो । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाका अनुसार संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि उक्त सुविधासम्पन्न भवन निर्माणाधिन अवस्थामा छ । भवन अहिले ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
संस्कृत शिक्षाप्रति युवामा आकर्षण जगाउन र शिक्षामैत्री वातावरण बनाउनका लागि उक्त सुविधासम्पन्न भवन निर्माण गरिएको उहाँले बताउनु भयो । भवन निर्माणका लागि संघ , प्रदेश , स्थानिय सरकार र विभिन्न सहयोगी दाताको सहयोग छ ।
१६ कोठा रहेको उक्त भवनमा कक्षा ८ सम्म अध्ययन हुँदै आएकामा अब १२ कक्षासम्म अध्ययन गराउन मिल्ने गरी भवन निर्माण भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |