२०८० मंसिर १४, बिहिबार
कावासाेती । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून ) का अध्यक्ष परितोष पौड्यालले अब हरेक सदस्यको बचतको सुरक्षा सरकारले गर्ने बताउनुभएको छ ।
पौरखी बचत तथा ऋण सहकारी संस्था कावासोतीको, १३ औँ बार्षिक साधारण सभा तथा पाँचौ नेतृत्व चयन कार्यक्रमको उद्घाटनशत्रमा प्रमुख अतिथीको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले अहिले ऐनमा भएको विषय कार्यान्वयमा ल्याउनका लागि पहल गरिएको बताउनुभयो । जसका लागि पहिलो विषय हरेक सदस्यको बचतको सुरक्षा गर्ने रहेको उहाँको भनाई छ । बचत तथा ऋण सुरक्षण कोष मार्फत त्यसको तयारी गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘तीन लाखसम्मको बचतको सुरक्षा केन्द्रिय संघले लिने , राज्यले लिने, त्यसको निम्ति हामि तयारी गरिराछौँ । अहिले हामि कार्यविधि बनारएर अन्तिम तयारी गरिराछौँ । ’ नेपालका सहकारी क्षेत्रमा बचत गरेका सबै क्षेत्रका नागरिकको तीन लाखसम्मको बचतको सुरक्षा यसै कोष मार्फत हुने उहाँले जानकारी दिनुभयो । यस्तै १० लाखसम्मको ऋणको सुरक्षा गर्ने पनि रहेको बताउनुभयो । अर्को कुरा भनेको कर्जा सुचना केन्द्र मार्फत कर्जा लिने ऋण नतिर्ने परिपाटिको अन्त्य गर्ने परिपाटिको अन्त्य गर्ने रहेको बताउनुभयो ।
उहाँले नेपालको ८० प्रतिशतभन्दा बढि ऋण प्रवाह पाँच प्रतिशत मानिसमा मात्र रहेको भन्दै जसलाई अन्त्य गर्न समुदायमा आधारित अर्थतन्त्रको विकास गर्न सहकारीले भूमिका निभाउन जरुरी रहेको बताउनुभयो । तल्लो स्तरका जनतासम्म अर्थतन्त्र पुग्न पौरखी जस्तै सहकारी संस्थाहरुले नेतृत्व लिन जरुरी रहेको बताउनुभयो । समुदायमा आधारित अर्थतन्त्रको विकास गर्न अग्रसर रहेका त्यस्ता सहकारीको सुरक्षाको लागि नै ऐनमा भएका विषय कार्यान्वयनमा ल्याउन लागिएको बताउनुभयो ।
यसैगरी उहाँले सहकारी संस्थाहरुले बित्तिय पहुँच र वित्तिय अवसर सृजना गर्ने काम गरिसकेको भन्दै अबको काम भनेको सामाजिक पूजीँको निर्माण गर्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘सामाजिक पूजीँ निर्माण गर्ने भनेको मानिसको सानो सानो पूजीँ जम्मा गर्ने , एकिकृत सुत्रमा बाँध्ने र पूर्ण रुपमा उत्पादन क्षेत्रमा लगाउने पूर्ण वृद्धि गर्ने चक्रवर्ती रुपमा वृद्धि गर्ने हो । जसकार कारण मानसिको पूजीँ वृद्धि होस् । ’
सहकारीका अध्यक्ष शालिकराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ काढमाडौंका उपाध्यक्ष खेम सुवेदी , जिल्ला बचत संघ नवलपुरका अध्यक्ष होमनाथ जैशी , यूवा तथा साना व्यवसायी स्वरोजगार कोषका जिल्ला सदस्य सचिव प्रितम भुजेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्लामा रहेका विभिन्न सहकारी संस्थाहरुका प्रतिनीधि , जनप्रतिनीधि , सेयर सदस्य , सामाजिक व्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा विभिन्न प्रतिवेदनहरु समेत प्रस्तुत गरिएको थियो । यस्तै जेष्ठ सदस्य सम्मान एक जना , असल बचतकर्ता चार जना , असल ऋण सदस्य चार जना , सक्रिय सदस्य एक जना , बाल बचतकर्ता दुई जना , उत्कृष्ट कर्मचारी दुई जना पलस टु मा उत्कृष्ट नतिजा ल्याउन सफल सदस्यका छोराछोरी दुई जनालाई सम्मान गरिएको थियो ।
यस्तै सामाजिक सुरक्षा अन्तरगत राहत रकम वितरण दुई जनालाई गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |