२०८० मंसिर २०, बुधबार
कावासाेती । नवलपुरकाे कावासाेती नगरपालिकाले उपभोक्ता समितिलाई अभिमुखिकरण सुरु गरेको छ। आज कावासाेती नगरपालिका वडा नम्बर १ बाट उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण सुरु गरिएको याेजना शाखा प्रमुख दिनेश भण्डारीले बताउनुभयो ।
उपभोक्ताबाट गरिने कामलाई व्यवस्थित , गुणस्तरीय बनाउन अभिमुखिकरण सुरु गरिएको शाखा प्रमुख भण्डारीले बतउनुभयाे ।
उपभोक्ता समितिले कतिपय प्रक्रिया नबुझ्दा झन्झट बेहाेर्नुपर्ने अवस्था हुनसक्ने हुँदा समेत सरल र सहज रुपमा गुणस्तरीय कार्य गर्न सहयोग पुर्याउने उधेश्यले अभिमुखिकरण गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रम लेखा शाखा प्रमुख मदन गाैतम, याेजना शाखाका प्रमुख दिनेश भण्डारी , पूर्वाधार विकास शाखा प्रमुख सुजन पराजुली लगायतले अभिमुखिकरण प्रदान गरेका थिए।
कार्यक्रममा वडा नम्बर १ र ६ का उपभोक्ता समितिका पदाधिकारी लगायतकाे सहभागीता रहेको थियाे ।
कार्यक्रम वडा अध्यक्ष तबारक अहमद मियाकाे अध्यक्षता तथा नगर उप प्रमुख फूलकुमारी थनेतकाे प्रमुख आतिथ्यतामा भएको थियाे।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |