२०८० मंसिर १६, शनिबार
नवलपुर । जिल्लाको मध्यविन्दु जिल्ला अस्पतालमा स्थापना भएको सामाजिक सेवा एकाइ प्रभावकारी बन्दै गएको छ । विपन्न, अपाङ्गता भएका व्यक्ति ,ज्येष्ठ नागरिक , लैङ्गिक हिंसा पीडित , जनयुद्धका घाइते, बेपत्ता परिवार लगायतलाई सेवा दिने उद्देश्यले जिल्ला अस्पतालमा सञ्चालनमा आएको सामाजिक सेवा एकाइबाट ८ सय ४८ जनाले सेवा लिएका छन् ।
एक वर्षको अवधिमा यो सङ्ख्यामा सेवाग्राहीले सेवा लिएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो । चालु आर्थिक वर्षमा ७८ जनाले सेवा लिएको उहाँको भनाई छ ।
सामाजिक सेवा एकाइबाट अति गरिब ,विपन्न, प्रहरी केश, असहाय गरि ५ सय ९१ जनाले रु. ४ लाख ५२ हजार ८९८ उपचार खर्च लिएका छन् । ज्येष्ठ नागरिक उपचार खर्च तर्फ २ सय ३९ जनाले रु.३ लाख ३ हजार २२१ बराबरको उपचार खर्च सुविधा लिएका छन् । गरिब विपन्न तर्फबाट ज्येष्ठ नागरिकले उपचार सेवा लिएका हुन् ।
सूचना अधिकारी सुवेदीका अनुसार जनयुद्ध र जनआन्दोलनका शहीद परिवार, बेपत्ता परिवार, घाइते अशक्त, अपाङ्ग व्यक्तिहरूको निशुल्क उपचार तर्फ १८ जनाले सेवा लिएका छन् । उनीहरूको उपचारमा लागेको खर्च बापत रु. ३५ हजार ३४७ बराबरको रकम सामाजिक सेवा एकाइ मार्फत भुक्तानी भएको सुवेदीले बताउनुभयो । एक वर्षको अवधिमा सामाजिक सेवा एकाइबाट सेवा लिएकाहरूको लागि कुल रु. ७ लाख ९१ हजार ४९३ छुट गरिएको उहाँको भनाई छ । साउन र भदौमा सेवा लिएका ७८ जनाले रु. १ लाख ७ हजार छुट प्राप्त गरेका छन् ।
सामाजिक सेवा एकाइबाट असहाय व्यक्तिको सबै उपचार खर्च बेहोर्ने गरिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । आवश्यकता , व्यक्तिको अवस्था र सामाजिक सेवा एकाइको मापदण्ड अनुसार सामान्य देखि उपचारमा लाग्ने सबै खर्च समेत एकाइमार्फत बेहोर्ने गरि सेवा दिइएको उहाँको भनाई रहेको छ । सामाजिक सेवा एकाइ स्थापनाले असहाय , अति विपन्न परिवारले विशेष लाभ लिएको उहाँको भनाई छ । ‘कोही असहाय छ, अति विपन्न छ, उपचार गर्न सक्ने अवस्था छैन ,त्यस्ता व्यक्तिले सामाजिक सेवा एकाइबाट लाभ लिएका छन्, हामीले एकाइबाट प्रदान गर्न सक्ने जति सबै उपचार खर्च बेहोर्ने सम्म गरेका छौँ’ अस्पतालका सूचना अधिकारी सुवेदीले भन्नुभयो । स्वास्थ्य उपचारबाट असायह, अति विपन्न परिवार बञ्चित हुन नपरोस भनेर सरकारले एकाइ स्थापना गरेको उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालमा स्थापना भएको अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्रको सेवा समेत प्रभावकारी बनेको छ । लैङ्गि हिंसा पीडित, घरेलु हिंसा पीडितलाई उपचार सेवा, कानूनी सेवा र पुर्नस्थापना सम्मका काम गर्ने गरि स्थापना गरिएको यस केन्द्रबाट हाल सम्म ४५ जनाले सेवा लिएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । गत वर्ष मध्यविन्दु जिल्ला अस्पतालमा, अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना गरिएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |