२०८० मंसिर १४, बिहिबार
नवलपुर । नेकपा एमाले नवलपुरले गण्डकी प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट गर्न कार्यतालिका सार्वजनिक गरेको छ । असोज १५ र १६ मा पोखरामा हुन लागेको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौटगर्न कार्यतालिका निकालिएको हो ।
कार्यालय सचिव भीमलाल कंडेलद्धार हस्ताक्षतिर गरि सार्वजनिक गरिएको कार्यतालिका अनुसार असोज ५ गते देखि सबै पालिकामा प्रतिनिधि छनौट प्रक्रिया अघि बढ्नेछ । पालिका स्तरबाट प्रतिनिधि छनौटका लागि निर्वाचन केन्द्र तथा अधिकृतहरु समेत तोकिएको छ ।
कार्यतालिका अनुसार असोज ५ गते मतदाता नावली प्रकाशन र दावी विरोध,जाँचबुझ र अन्तिम नामावली प्रकाशन, ६ गते मनोनयन दर्ता, प्रथम नामावली प्रकाशन, उम्मेदवार उपर दावी बिरोध, दावी विरोध उपर जाँचबुझ र अन्तिम नामावली प्रकाशन, ८ गते मनोनय फिर्ता, ९ गते विहान ११ बजेदेखि दिउसो ४ बजेसम्म मतदान गरिने उल्लेख छ । सोही दिन मतगणना गरिने समेत जनाइएको छ ।प्रतिनिधि छनौटका लागि सबै पालिकामा गरि कुल ९हजार ४३३ सदस्य सहभागि हुनेछन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |