२०८० मंसिर १४, बिहिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा आलु खेती प्रर्वद्धनका लागि करिब रु. ४ करोड बजेट विनियोजन गरिएको छ । जिल्ला स्थित कृषि ज्ञान केन्द्र नवलपुरले आलु खेती प्रर्वद्धनका लागि रु. ३ करोड ९२ लाख विनियोजन गरि कार्यक्रम सुरु गर्न लागेको ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो ।
चालु आर्थिक वर्षमा कार्यालयले ७५ देखि ८५ प्रतिशत सम्म आलु खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने गरि कार्यक्रम अघि बढाइएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । नवलपुरको विभिन्न क्षेत्रमा आलु खेती गर्ने किसान उल्लेख्य भएकाले थप प्रोत्साहन गरि उत्पादन बढाउने उद्देश्यले ठूलो मात्रामा बजेट विनियोजन गरि कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
आलुको माग धेरै हुने र स्थानीय उत्पादन कम हुने हुँदा धेरै मात्रामा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यसको उत्पादन वृद्धि गरि आयातमा कमी ल्याउन समेत आलु खेती प्रर्वद्धन कार्यक्रम राखिएको कार्यालय प्रमुख तिवारीले बताउनुभयो । नवलपुरमा रहेको आलुको चिप्स बनाउने उद्योगले समेत धेरै मात्रामा आलु खपत गर्दै आएकाले बजारको समस्या नभएको उहाँले बताउनुभयो । ठूला बजार नारायणगढ र बुटवल समेत नजिकै पर्ने हुँदा उत्पादन भएको आलु खपत गराउन सहज भएकोले जिल्लामा यसलाई केन्द्रित गरि उत्पादन बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँको भनाई छ । ‘जिल्लामै चिप्स उद्योगले खपत गर्छ, नजिक ठूला बजार छन्, त्याहाँ पनि उत्तिकै माग हुन्छ , यसैले आलुको उत्पादन बढाउन कार्यक्रम राखिएको हो, यसले आलु बाहिरबाट आयात गर्ने दर घटाउन समेत सहयोग पुग्ने विश्वास छ’ कार्यालय प्रमुख तिवारीले भन्नुभयो ।
कृषि ज्ञान केन्द्र नवलपुरले आलु खतिको अनुदानका लागि समूह÷सहकारीमा कम्तिमा दश घरधुरी संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा आलुखेती गर्नुपर्ने जनाएको छ । यसरी खेती गर्न चाहनेलाई ८५ प्रतिशत सम्म अनुदान उपलब्ध गराइने कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
नवलपुरमा गत आर्थिक वर्षमा ३ हजार ११५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । गत वर्ष ५० हजार १५१ मेट्रिकटन आलु नवलपुरमा उत्पादन भएको कृषि ज्ञान केन्द्र प्रमुख तिवारीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र नवलपुरले आलु खेती सहित फलफूल खेती, तरकारी बाली, रैथाने बाली, मसला तथा निर्यात योग्य बाली उत्पादन प्रशोधन तथा बजारीकरण , चैत धान प्रर्वद्धन लगायतका गरि चालु आर्थिक वर्षमा करिब रु. ८ करोड बजेट विनियोजन गरि कार्यक्रमहरू सञ्चालन गर्दै छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |