२०८० मंसिर १४, बिहिबार
चितवन । चितवनमा २ हजार किलो भारतीय अवैध माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । आइतवार सुरक्षाकर्मीको सहयोगमा अवैध माछा बोकेको लु ३ च १७९४ नम्बरको बोलेरो रामनगरबाट नियन्त्रणमा लिइएको थियो ।
काठमाडौँतर्फ जाँदै गरेको माछा लोड गरेको गाडी नारायणगढबाट फुत्किएपछि रामनगरबाट नियन्त्रणमा लिइएको मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष अर्जुन लामिछानेले बताए । गाडीमा भेटिएको माछा भेटेरिनरी प्रमाणपत्रमा उल्लेख गरिएभन्दा फरक जातीको माछा भेटिएको उनले बताए ।
नवलपरासीबाट ल्याइएको भनिएपनि उक्त माछा भारतबाटै ल्याइएको हुन सक्ने उनी बताउँछन् । माछा अवैध पुष्टि भएपनि आइतबार साँझ रामनगरको सामुदायिक वनमा खाल्डो खनेर नष्ट गरिएको हो ।
पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले पनि भेटेरिनरी प्रमाणपत्रमा भन्दा फरक जातीको माछा भेटिएको बताए । वैकी र रौ जातीका माछा उल्लेख गरेर रुपचन्द्र र विगेट जातीका माछा ढुवानी गरेको पाइएको उनले बताए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |