२०८० मंसिर २५, सोमबार
नवलपुर । मध्यविन्दु जिल्ला अस्पतालमा आकास्मिक बाहेकका सेवा बन्द भएको छ। अस्पतालले विज्ञप्ति निकालेर सेवा बन्द भएको बताएको छ ।
नि. मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कंडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “नेपाल चिकित्सक संघबाट मिति २०८० भाद्र ३० गतेको विज्ञप्ति अनुसार मिति २०८० भाद्र २७ गते हेटौडामा सन्चो अस्पतालका डा. जय विकास थापा र प्रशान्त विडारीमाथी भएको सांघातिक आक्रमणको कारणले नेपाल चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम अनुसार सम्पुर्ण दोषीहरुलाई कारबाहीको दायरामा ल्याउनका लागि मिति २०८० भाद्र ३१ गते आईतबार देशभरिका स्वास्थ्य संस्था, अस्पताल, मेडिकल हल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकष्मिक सेवा बाहेकका सम्पूर्ण सेवा पुर्ण रुपमा बन्द गरी गर्ने सुचना अनुसार यस मध्यविन्दु जिल्ला अस्पताल नवलपरासी बर्दघाट सुस्ता पूर्वमा पनि आज मिति २०८० भाद्र ३१ गते आकष्मिक बाहेकका सम्पुर्ण सेवा बन्द रहने सबैमा जानकारी गराईन्छ यसबाट बिरामीवर्गमा पर्न जाने असुविधाप्रति हामी क्षमापार्थी छौं। ”
सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |