२०८० मंसिर १४, बिहिबार
गैंडाकोट । गैंडाकोट नगरपालिकाको पहाडी भूगोलमा पर्ने गैंडाकोट ३ मा थुप्रै पर्यटकिय स्थल छन । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लोे समय कालीगण्डकी कोरि रोड पिच भएसँगै गैंडाकोट नगरपालिका वार्ड नम्बर ३ मा पनि पर्यटक बढ्न थालेको छन। यतिबेला ढोडेनी गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् ।भरतपुर बाट झन्डै १२ किलोमीटर को यात्रामा पुग्न सकिन्छ ढोडेनी ।
त्यस्तै गैँडाकोट नगरपालिका–३ मा रहेको महेश खोला पनि पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोट–२ कालीगण्डकी चोकबाट झन्डै ३० मिनेटको यात्रापछि पुग्न सकिने महेश खोलामा पछिल्लो समय आन्तरिक पर्यटक आउने क्रम बढ्दोे छ ।
यस खोलामा मूलको चिसो पानी आउँदा गर्मी छल्न मानिसहरु आउने गरेका वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । “कालीगण्डकी करिडोरमै पर्ने खोलामा शीतलता प्राप्त गर्न तथा यहाँको प्राकृतिक वातावरणमा रमाउन चितवन तथा नवलपुरबाट मानिसहरु आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सहज यातायात तथा बजारबाट नजिकै रहेकाले पनि यस क्षेत्र पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण रहेको छ ।”नवलपुरको गैँडाकोटबाट मात्रै नभई चितवनको भरतपुरबाट समेत सबैभन्दा नजिकको दूरीमा पर्ने महेश खोलामा पौडी खेल्न र मानिसहरु रमाइलो गर्न आउने गरेका उहाँका भनाइ छ । यहाँ विशेषगरी बिदाको दिनमा बढि आन्तरिक पर्यटक आउने गरेको उहाँको भनाइ थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |