२०८० मंसिर २५, सोमबार
नवलपुर । नेपाल नेत्रज्योति संघ नवलपुरद्वारा चालक तथा सहचालकको आँखा परिक्षण गरिएको छ । जिल्लाको कावासोतीमा चालक तथा सह चालकको आँखा परिक्षण गरिएको हो ।
निशुल्क रुपमा सवारी साधनका चालक तथा सह चालकको आँखा परिक्षण गरिएको नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैसीले बताउनुभयो । आँखा शिविरमा १ सय ३५ जना चालक तथा सह चालकको आँखा परिक्षण गरिएको छ । भरतपुर आँखा अस्पताल चितवन , कावासोती सेवा केन्द्रको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको हो । परिक्षण गरिएका १ सय २५ जना मध्य १५ जनामा आँखाका विभिन्न प्रकारका समस्या देखिएपछि रिफर गरिएको छ ।
आँखामा आएको समस्याकै कारण चालक तथा सहचालकबाट हुन सक्ने सवारी दुर्घटना रोकथामका लागि उनीहरूको आँखा परिक्षण गरिएको सभापति जैसीले बताउनुभयो ।
आँखा शिविर नेपाल नेत्रज्योति संघ नवलपुरका सभापति होमनाथ जैसीको अध्यक्षता तथा कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको थियो । शिविरको उद्घाटन गर्दै नगर प्रमुख भुसालले आँखा जस्तो संवेदनशिल अंगको परिक्षण लागि शिविर सञ्चालन गरेकोमा धन्यवाद दिनुभयो । उहाँले चालक तथा सहचालक जस्तो संवेदनशिल पेशाका व्यक्तिको आँखा परिक्षण गर्नु थप राम्रो कार्य भएको बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |