२०८० मंसिर २५, सोमबार
डेढगाउँ । बौदिकाली गाउँपालिका वडा नम्बर २ डेढगाउ बालिघाट स्थित बालिघाट सामुदायिक स्वास्थ्य इकाई रहेको स्थानमा अब छिट्टै आँखा उपचार केन्द्र स्थापना गर्ने तयारी बौदिकाली गाउँपालिकाले गरेको छ ।
नेत्रज्योति संघ र भरतपुर आँखा अस्पतालका प्रतिनिधि साथै बौदिकाली गाउँपालिका परिवारको स्थलगत अवलोकन पश्चात् बालिघाटलाई उपयुक्त स्थान ठहर गर्दै बौदीकाली गाउँपालिका, नेत्र ज्योती सङ्घ भरतपुर र भरतपुर आँखा अस्पताल बीचको सहकार्यमा वालिघाटमा आँखा उपचार केन्द्र सञ्चालन गर्न लागिएको हो । आँखा उपचार केन्द्र सञ्चालन गर्नका उपचार केन्द्रको डेकोरेसन गर्नुपर्ने भएकाले एकदुई दिनमा डेकोरेसनको काम सुरू हुने गरि गाउँपालिका लागेको हो ।
पहिलो चरणमा गाउँपालिकाको आर्थिक तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिका र भरतपुर आँखा अस्पताल २०८० साल कार्तिक १७ गते आँखा उपचार केन्द्र उद्घाटन गर्ने गरि अगाडि बढेको साथै उक्त दिन आँखा शिविर सञ्चालन गरिने र १७ गते भन्दा १/२ दिन अगाडि नै विभिन्न वडामा गएर स्क्रिनिङको काम गर्ने गरि तयारी अगाडि बढाइएको हो ।
आँखा उपचार केन्द्र स्थापनाले बुलिङ्टार गाउँपालिका, तनहुँको घिरीङ र रिसिङ साथै पाल्पाको निश्दी गाउँपालिका बासिले आँखा सम्बन्धि समस्याको उपचारमा लाभ लिन सक्ने विश्वास गाउँपालिकाले लिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |