२०८० मंसिर १४, बिहिबार
बुलिङटार। नवलपुरको पहाडी गाउँपालिका बुलिङटार गाउँपालिकाका सामुदायिक स्वास्थ्य इकाइहरू तथा स्वास्थ्य चौकीहरूमा जिल्लाकै पहिलो डिजिटलाईजेसन शुरु भएको छ । बुलिङटार गाउँपालिका भित्रका ५ वटा सामुदायिक स्वास्थ्य इकाई, ५ वटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्र गरि ११ वटा स्वास्थ्य सेवा दिने संस्थाहरूमा डिजिटलाइजेसन सुचारु भएको बुलिङटार स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरको निर्देशन अनुसार ८ वटै पालिकामा गर्नुपर्ने देखिन्छ । तर जिल्लाको विकट पालिका बुलिङटार गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा भने जिल्लाकै पहिलो डिजिटलाइजेसन शुरु भएको छ।
उक्त प्रविधिको सुचारु भएसँगै अब कुन बिरामीलाई कस्तो किसिमको औषधी वितरण गरिएको छ भन्ने कुरा अनलाइनबाट हेर्न सकिने शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ” डिजिटलाइजेसन शुरु भएसँगै अब पहिला पहिला जस्तो हातले कागजमा रिपोर्ट टिप्नु पर्दैन । अब सिधै अनलाइनमा दर्ता हुन्छ। हामीले रिपोर्ट गरे पछि जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश हुँदै केन्द्रले समेत सिधै देख्न सकिन्छ ।”
बुलिङटारमा यस किसिमको प्रविधि भदौ ६ गतेदेखि सुचारु भएको श्रेष्ठले बताउनुभयो । hmis.samyantra.org.com बाट समावेश भएका डाटाहरू हेर्न सकिन्छ । तर उक्त डाटाहरू सम्बन्धित स्वास्थ्य संस्थाहरूले मात्र हेर्न मिल्ने र आवश्यक जानकारी स्वास्थ्य शाखा प्रमुखले सार्वजनिक गर्ने श्रेष्ठले जनाउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |