२०८० मंसिर २५, सोमबार
कावासोती । नवलपुरको कावासोतीमा एकै साथ तेह्रवटा लाइन्स क्लबको पदबहाली कार्यक्रम भएको छ । शुक्रबार कावासोतीको पानस बैङ्क्वेटमा जिल्लामा विभिन्न १३ वटा लाइन्स क्लबको पदबहाली कार्यक्रम सम्पन्न भएको कार्यक्रम संयोजक क्लष्टर चिफ मनि प्रसाद गुरुङले बताउनुभयो ।
लाइन्स क्लब नवलपरासी नवलपुर, नवलपुर देवचुली, नवलपुर डाइनामिक, कावासोती सप्तरङ्गी, कावासोती, मौलाकालीका अरुणखोला, रजहर सिटी, गैँडाकोट वेस्ट, नवलपुर सिटी, नवलपुर मीड प्वाइन्ट, देवचुली दिव्य, मध्यविन्दु सिटी र नवलपुर मिड सिटी गरि १३ वटा क्लबको पद बहाली कार्यक्रम गरिएको हो ।
लायन्स क्लब गैँडाकोट वेस्ट २२/२३ का अध्यक्ष लायन गोपाल बहादुर शाहीको अध्यक्षता तथा डिस्ट्रिक्ट गभर्न आएएस महतोको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
पदबहाली कार्यक्रममा वर्ष २२/२३को प्रतिवेदन निवर्तमान अध्यक्षहरूले तथा क्लबका नयाँ अध्यक्षले वर्ष २३÷२४को वार्षिक कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
कावासोतीमा भएको कार्यक्रममा नयाँ पदबहाली भएका पदाधिकारीलाई सपथ सहित नयाँ सदस्यहरूलाई समेत लायन्सको पिन हस्तान्तरण गरिएको थियो । लायन्समा आवद्ध विभिन्न व्यक्तित्वहरु को उपस्थितिमा भएको कार्यक्रमको सञ्चालन नवलपुर देवचुलीका लायन्स अध्यक्ष नवीन पौडेलले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |