२०८० मंसिर २०, बुधबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका –१७, गोछडामा आगलागी भएको छ । राति २ ः १५को समयमा कावासोती –१७,का बोधराज गैह्रेको घरको भान्सामा आगलागी भएको प्रहरीले बताएको छ ।
टिनले छाएको घरको भान्सा कोठामा अचानक आगलागि हुँदा भान्साकोठामा रहेको दराज, फ्रिज , चामल लगायतका सामाग्री जलेर नष्ट भएको प्रहरी नायव उपरिक्षक बेदबहादुर पौडेलले बताउनुभयो । आगलागि बाट करिब १ लाख ५० हजार बराबरको क्षति भएको उहाँले बताउनुभयो ।
आगो दमकल, स्थानीय र प्रहरीको सहायतामा करिब १ घण्टामा नियन्त्रणमा लिइएको थियो । आगो के कति कारणले लाग्यो भन्ने खुल्न सकेको छैन । आगलागिबाट कुनै मानविय र पशुचौपायामा क्षति नभएको प्रहरीको भनाई रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |