२०८० मंसिर २०, बुधबार
कावासोती । कावासोती नगरपालिका वडा नम्बर ४ मा हसौरामा हसौरा प्रिमियर लिग ३ क्रिकेट प्रतियोगिता जारी रहेको छ । हसौरा क्रिकेट क्लबको आयोजनामा जारी लिगमा तीनवटा टिम प्रतिस्पर्धामा रहेका छन् । पहिलो र दोस्रो लिग चरणको खेल पश्चात अहिले तेस्रो प्रिमियर लिग जारी रहेको छ ।
तेस्रो चरणको प्रिमियर लिगमा हाल सम्म दुई खेल सम्पन्न भएको छ । जसको पहिलो खेलमा जितवन ११ ले जानकी वरियर्सलाई २३ रनले पराजित गरको छ । लिगको दोस्रो खेलमा केरुङे खोला जाइन्ट्सले जानकी वरियर्सलाई २९ रनले पराजित गरेको थियो ।
हाल लिगको शिर्ष स्थानमा केरुङ्गे खोला रहेको छ । लिग चरणको तेस्रो खेल शुक्रबार कुरुङ्गे खोला र जितवन ११ बिच हसौराको क्रिकेट खेलमैदानमा हुनेछ । प्रिमियर लिगका चार खेल अझै बाँकी रहेको वडा युवा संजाल ४ का अध्यक्ष विशाल रानाले बताउनुभयो । हसौरा प्रिमियर लिगको विजेताले नगद ३० हजार पुरस्कार प्राप्त गर्नेछ ।
यसअघि पहिलो र दोस्रो संस्करणमा वडाको मात्रै खेलाडी सहभागि भएकोमा हाल भने एउटा टिमले जिल्ला भरिबाट वडा बाहिरका ६ जना खेलाडी समावेश गर्न पाउने अध्यक्ष रानाले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |