२०८० मंसिर १६, शनिबार
चितवन ।
भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारीसाधन एकै ठाउँमा दुर्घटना हुँदा बीसजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो ।
सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा.प्र.०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारीसाधन एक आपसमा ठोक्किएको थियो ।
ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी बताए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, सात जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
निम्न घाईतेहरुः
भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१.जि।चितवन खैरहनी न।प।४ बस्ने बर्ष अं।६०र६५ को कृष्ण ब।तामाङ गम्भिर ।
२.जि।मकवानपुर हेटौडा उ।म।न।पा।१४ बस्ने बर्ष अं।६०र६५ को महोन तामाङ गम्भिर ।
३.जि।चितवन खैरहनी न।पा।१ बस्ने बर्ष अं।८२ को जित ब।तामाङ गम्भिर ।
४.जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।५०र५५ को कुसुम ब।राना गम्भिर ।
५.जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।३८ को सुरेश श्रेष्ठ गम्भिर ।
६.जि।चितवन र।न।पा।९ बस्ने बर्ष अं।३०र३५ को किशोर तामाङ गम्भिर
७.जि।चितवन र।न।पा।१४ बस्ने बर्ष अं।५०र५५ को डोल ब।कार्कि गम्भिर ।
८.जि।चितवन र।न।प।१४ बस्ने बर्ष ४१ को पुर लामा मध्यम ।
९.जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ५५ को बुद्रिराम तामाङ मध्यम ।
१०.जि।चितवन र।न।पा।१६ बस्ने बर्ष ४४ को रेशम पोख्रले मध्यम ।
११.जि।काठमाण्डौ गोकण ४ बस्ने बर्ष ४८ की तारा श्रेष्ठ मध्यम
१२.जि।चितवन र।न।पा।१६ बस्ने बर्ष ४७ को दिल ब।घिसिङ मध्यम ।
नँया मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईते
१. बलेरो गाडीमा सवार जि।नवलपुर गैडाकोट न।पा।८ बस्ने बर्ष ५१ को लोकराज लामा मध्यम
पुरानो मेडीकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु
१.बा।प्र।०३(००६ प ९९८१ नं।मो।सा।चालक जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ३३ को शंकर परियार सामान्य
२.सोहि पछाडी सवार ऐ।ऐ।बस्ने बर्ष ३६ को दिबेश शाक्य मध्यम ।
३.बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ५० को आईतराम कामि मध्यम ।
४. बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।३ बस्ने बर्ष ४४ को गोपाल तामाङ मध्यम
५. बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष २६ को पुष्प तामाङ मध्यम ।
६. बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।१४ बस्ने बर्ष ३८ को कृष्ण लामा मध्यम ।
७. बलेरो गाडीमा सवार जि।चितवन र।न।पा।३ बस्ने बर्ष ४५ को जिवन लामा मध्यम ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |