• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १६, शनिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

४ घण्टा अघि
२

जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

२२ घण्टा अघि
३

नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

२३ घण्टा अघि
४

गैँडा मारेको आरोपमा ८ जना पक्राउ

१ दिन अघि
५

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१ दिन अघि
६

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१ दिन अघि
७

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

२ दिन अघि
८

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२ दिन अघि
९

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

२ दिन अघि
१०

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

२ दिन अघि
११

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

३ दिन अघि
१२

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नवलपुरमा नारायणी नदी व्यवस्थापनका लागि बजेट अभाव

नवलपुर प्रेस, रासस ३२१ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २८, आईतबार (३ महिना अघि)

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को चारवटा पालिकामा सञ्चालन भएको नारायणी नदी व्यवस्थापनको काममा बजेट अभाव भएको छ । नारायणी नदी व्यवस्थापन कार्यालय भरतपुरले जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकाका विभिन्न स्थानमा सुरु गरेको नदी व्यवस्थापनको काममा बजेट अभाव भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नवलपुर र चितवनतर्फ नारायणी नदी व्यवस्थापनका लागि बहुवर्षीय योजनाअन्तर्गत परेको रु चार अर्ब ५० करोडबाट नदी व्यवस्थापनको काम सुरु गरिएको थियो । नारायणी नदी व्यवस्थापनका लागि स्रोत सुनिश्चित गरिए पनि नवलपुरतर्फ पर्याप्त बजेट निकासा नहुँदा काम गर्न कठिनाइ परेको कार्यालयका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर (सिडिई) शङ्कर बुढाथोकीले बताउनुभयो ।

“नदी व्यवस्थापनका लागि ठेक्का लगाइएको ठाउँमा न्यून बजेट आउँदा काम सुरु हुनै सकेको छैन, केही स्थानमा निकासा भएको रकमभन्दा दोब्बर काम भएको छ”, उहाँले भन्नुभयो, “नदी व्यवस्थापनका लागि स्रोत सुनिश्चितता भनेर आए पनि बजेट निकासा नहुँदा भुक्तानीमा समस्या भएको छ ।”

उहाँका अनुसार गैँडाकोट नगरपालिका–२, ५, ६ र ९ मा नदी तटबन्धसहित सडक सडक निर्माण हुँदैछ । यहाँ पाँच किलोमिटर तटबन्धका लागि ड्यामसहित सडक निर्माण गर्न रु एक अर्ब नौ करोड बराबरको बहुवर्षीय ठेक्का लागेको बुढाथोकीले जानकारी दिनुभयो । नारायणीको कटान नियन्त्रण गर्न तटबन्धनसँगै इको करिडोर तीव्र गतिमा भइरहेको उहाँको भनाइ छ ।

जमिनको सतहबाट सात मिटर अग्लो ड्याम निर्माण गरिने भन्दै थपलियाले ड्यामको चौडा सात दशमलव पाँच मिटरको हुने बताउनुभयो । गत मङ्सिर १५ मा ठेक्का लगेर काम सुरु भएको यस योजनाको म्याद विसं २०८२ जेठ १४ सम्म छ । हालसम्म करिब आठ सय मिटर ड्यामसहितको सडक निर्माण भइसकेको छ । “यस कामका लागि दुई पटक गरेर रु १७ करोड बजेट आयो । तर बजेटभन्दा काम धेरै बढी भइसकेको छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीलाई थप रु २५ करोड भुक्तानी गर्न बाँकी छ, भुक्तानी गर्न बाँकी भएपछि अहिले काम रोकिएको छ ।”

त्यस्तै, गैँडाकोट–१० र देवचुली–१७ मा ग्याबिनसहितको नदी तटबन्ध र बिग बोल्डर (ठूलो ढुङ्गा राखेर गरिने तटबन्ध)का लागि रु सात करोडको अर्को ठेक्का लागेको उहाँले बताउनुभयो । “यस प्याकेजका लागि २०८१ साल साउन ४ गतेसम्म एक हजार तीन सय मिटर तटबन्धको काम सकाउने गरी ठेक्का लगाइएको थियो”, उहाँले भन्नुभयो, “सात सय ५० मिटरको काम सकिएको छ, यस प्याकेजमा रकम अभाव नभए समयमै काम सकिनेमा हामी विश्वस्त छौँ ।”

देवचुली–१७, कावासोती–१७ मध्यविन्दुको वडा नं २ र ३ मा एकमुष्ट रु १२ करोड २५ लाखको ठेक्का लगाइएको भए पनि काम सुरु हुन नसकेको बुढाथोकीको भनाइ छ । “देवचुलीको वडा नं १७ मा तीन सय मिटर स्लोप, कावासोती–१७ मा एक सय ५० मिटरसम्म लम्बाइका तीनवटा ठक्कर र मध्यविन्दु–२ र ३ मा एक किलोमिटर स्लोप बनाउने गरी ठेक्का लागेको थियो”, उहाँले भन्नुभया । यस प्याकेजको म्याद आगामी असारसम्म भएकाले बजेट निकासा भएमा समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीले जनाएको बुढाथोकीको भनाइ छ ।

“नारायणी नदीको सबैभन्दा बढी जोखिमयुक्त क्षेत्र मानिएको मध्यविन्दुको वडा नं २ को सीतापुर तथा वडा नं ३ को ब्रह्मस्थान हो”, उहाँले भन्नुभयो, “सीतापुरमा दुई सय मिटर तथा ब्रह्मस्थानमा आठ सय मिटर स्लोप बनाउने गरी ठेक्का लगाइएको थियो ।” जोखिमयुक्त ठाउँ भएकाले ठूला–ठूला ढुङ्गा नदी किनारको भित्तामा राखेर स्लोप बनाउने गरी ठेक्का लगाइएको भन्दै बुढाथोकीले यहाँ काम गर्नका लागि चितवन राष्ट्रिय निकुञ्जबाट अनुमति समयमै नदिएकाले पनि समस्या भएको बताउनुभयो । “निकुञ्ज क्षेत्रमा काम गर्दा निकुञ्जको अनुमति लिनुपर्छ, हाम्रो तरिकाले काम गर्न मिल्दैन”, उहाँले भन्नुभयो, “निकुञ्जले विभिन्न विषय देखाउँदै अनुमति दिन ढिला गर्दा अहिले बाढीले ब्रह्मस्थानमा कटानसमेत गरेको छ ।”

नदी व्यवस्थापनका लागि मध्यविन्दु–१५ र कावासोती–११ मा रु १२ करोडको ठेक्का लगाइएको छ । नारायणी नदीसँग जोडिएको मध्यविन्दुको गिरुवारी खोला र कावासोतीको लोकाहा खोलाको दोभानमा गरी दुई स्थानमा एकरएक किलोमिटर लामो ठक्कर दिने गरी काम भइरहेको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । यस प्याकेजको म्याद आगामी असार मसान्तसम्म रहेको भन्दै अहिले एक हजार दुई सय मिटरमा तटबन्धको काम सकिएको उहाँले जानकारी दिनुभयो ।

नारायणी नदी व्यवस्थापनको काम गर्न नवलपुर जिल्लामा सञ्चालित समग्र योजनाका लागि चालु आवमा रु छ करोडमात्रै बजेट विनियोजन भएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । “स्रोत सुनिश्चित भनेर आए पनि यस वर्षका लागि जम्मा छ करोड रकम विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “यो पैसाले पहिलेको भुक्तानी गर्न पनि पुग्दैन बाँकी काम सम्पन्न गर्न बजेट नै छैन ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

  • जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

  • नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

  • गैँडा मारेको आरोपमा ८ जना पक्राउ

  • समाचार
  • १

    नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्
    ४ घण्टा अघि

  • २

    जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल
    २२ घण्टा अघि

  • ३

    नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
    २३ घण्टा अघि

  • ४

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ
    १ दिन अघि

  • ५

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १ दिन अघि

  • ६

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १ दिन अघि

  • ७

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    २ दिन अघि

  • ८

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    २ दिन अघि

  • ९

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    २ दिन अघि

  • १०

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

    नवलपुर प्रेस
    २

    जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

    नवलपुर प्रेस
    ३

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ

    नवलपुर प्रेस
    ४

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    ५

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ६

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ७

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ८

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution