२०८० मंसिर २०, बुधबार
कावासोती । नेकपा( एमाले) प्रचार तथा प्रकाशन बिभाग नवलपुरले यहि भदौं २ गते जिल्ला स्तरीय प्रचार भेला गर्ने भएको छ । एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेको प्रमुख आतिथ्यतामा बिहिबार कावासोतीमा भएको प्रचार तथा प्रकाशन बिभागको बैठकले उक्त निर्णय गरेको हो ।
भेलामा बैचारिक पक्ष, राजनीतिक दृष्टिकोण, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता, राष्ट्र निर्माणको स्पष्ट दृष्टिकोण समृद्ध नेपाल सुखी नेपाली प्रचार कार्यको बिषय र प्राथमिकता रहने एमाले प्रचार बिभाग गण्डकीका सदस्य एवम् जिल्ला समन्वयकर्ता विद्रोही गिरीले जानकारी दिनुभयो । भेलामा चार गाउँपालिकाबाट पाँच /पाँच जना र नगरपालिकाबाट सात ÷सात जना सहभागी हुनेछन् । जिल्लामा एमालले गर्न लागेको यो भेला प्रचारको पहिलो भेला हो ।
भेलामा प्रचारका सन्र्दभमा कार्ययोजना सहितका कार्यपत्र प्रस्तुत हुने एमाले नवलपुर प्रचार बिभागका प्रमुख सागर पोखरेलले जानकारी दिनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |