• समाचार
  • मुख्य समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • आर्थिक तथा सामाजिक
  • वालवालिका
  • सामाजिक संजालबाट
  • कृषि तथा उद्योग
  • खेलकुद तथा मनोरञ्जन
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • मध्ये नेपाल
  • धर्म तथा संस्कृति
  • पर्यटन
  • प्रदेश
  • नवलपुर बिशेष
  • बिचार तथा विश्लेषण
  • बिज्ञान तथा प्रविधि
  • भिडियो ग्यालरी
  • कला तथा साहित्य
  • राजनैतिक
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • नवलपुर अनलाईन टि.भी.
२०८० मंसिर १६, शनिबार
ट्रेडिङ
निर्वाचन विशेषफेरीदै पहाडसाहित्यविनयी त्रिवेणीनवलपरासीनवलपुरपालिका विशेषनिर्वाचन विषेश
  • गृह पृष्ठ
  • नवलपुर बिशेष
  • मुख्य समाचार
  • समाचार
  • प्रदेश
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर प्रश्चिम
  • अन्तरवार्ता
  • पर्यटन
  • राजनैतिक
  • मध्ये नेपाल
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

४ घण्टा अघि
२

जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

२२ घण्टा अघि
३

नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

२३ घण्टा अघि
४

गैँडा मारेको आरोपमा ८ जना पक्राउ

१ दिन अघि
५

कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

१ दिन अघि
६

गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

१ दिन अघि
७

एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू

२ दिन अघि
८

नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा

२ दिन अघि
९

रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

२ दिन अघि
१०

बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

२ दिन अघि
११

काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

३ दिन अघि
१२

तनहुँ बस दुर्घटना : २ जनाको मृत्यु, ३४ जना घाइते

३ दिन अघि

धेरै पढिएका

१

भोली देखि सरर केबलकारमा मौलाकाली मन्दिर, यस्तो छ टिकट मूल्य

७ महिना अघि
२

नवलपुर दुर्घटना अपडेट :मृतकको पहिचान खुल्यो, घाइतेहरूको विवरण सहित

२ साल अघि
३

असार १ देखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न नपाइने

५ महिना अघि
४

नारायणी पुलबाट गाडी खस्यो

८ महिना अघि
५

नवलपरासीमा पत्नी द्धारा पतिको हत्या

६ महिना अघि
६

अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

३ महिना अघि
७

कावासोतीका अभिषेकको उपचारमा सहयोग गरिदिन परिवारको आग्रह

१ साल अघि
८

गायिका मोलिसाले कसिन लगनगाँठो

३ महिना अघि
९

नवलपुरमा यात्रुबस पल्टिँदा २९ जना घाइते (घाइतेको बिवरण सहित)

३ महिना अघि
१०

नारायणगढ –बुटवल सडक विस्तार : म्याद थपिएपछि को काम दशैँ लगतै

१ साल अघि
११

नवलपुरमा पालिका र वडामा अहिलेसम्म को – को भए विजयी परिणाम हेर्नुहोस् ।

१ साल अघि
१२

कारबाही हुने भयपछी नवलपुरका ४५ जना अन्यत्र काम गर्ने शिक्षकले लिय बिभागिय स्वीकृत

३ महिना अघि

नवलपुरमा वन उद्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण हुँदै

नवलपुर प्रेस ३१५ पटक पढिएको प्रकाशित मिति: २०८० श्रावण २४, बुधबार (३ महिना अघि)

राजु चापागाईं। देवचुली।वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी हुँदै गएको छ।“वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरण” कार्यमूलक अनुसन्धान परियोजना इन्टरनेसनल डेभेलपमेन्ट रिसर्च सेन्टरको आर्थिक सहयोगमा फरेष्ट एक्सन नेपाल सहित हिमवन्ती नेपाल, पारिवारिक नीजि वन संघ र वन पैदावार उद्योग व्यवसायी महासंघको साझेदारीमा २०७८ असोजबाट कार्यान्वयन भैरहेको छ।सिन्धुपाल्चोक जिल्लाका दुई पालिका र नवलपुरका दुई पालिका गरि दुई जिल्लाका चार पालिकाहरुमा यो परियोजना २०८० चैतसम्म कार्यान्वयन हुनेछ।वनमा आधारित उद्यमहरु मार्फत महिलाहरुको आर्थिक सशक्तिकरणका लागि उनीहरुको नेतृत्वदायी भूमिका, दिगो आयआर्जन, जलवायु परिवर्तनका जोखिमबाट सुरक्षित हुँदै सामाजिक, आर्थिक, पर्यावरणीय उत्थानशीलता र वन संरक्षणमा निर्णायक भूमिकामा उभ्याउन यो परियोजना लागू गरिएको हो।
सोमबार परियोजना अन्तर्गत देउराली सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ३ मा रहेका सक्रिय दुना टपरी महिला उद्यमी समूह देउराली गाउँ र बाँसका सामग्री उत्पादन महिला उद्यमी समूह भुजेल गाउँका महिलाहरूलाई अन्तर समूह अध्ययन भ्रमण गराइएको छ। अन्य समूहका उद्यमी महिलाहरूले कसरी काम गरिरहेका छ्न भन्ने थाहा हुने भएपछि खुसी भएका महिलाहरु गैंडाकोट १४ भागरमा रहेको शंखदेवी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय पुगेका थिए।
शंखदेवी दुना टपरी महिला उद्यमी समूहले गरेका कामहरु,सुरुमा आएका समस्याहर र समाधानका उपायहरु,दुना टपरीको बजारीकरणका लागि गरिएका कामहरुका बारेमा समूहकी सदस्य जुना कुँवरले जानकारी गराएकी थिइन् । ` परियोजनाले हामी महिलाहरुलाई सीप सिकाएर दाइजो स्वरुप दुना टपरी मेसिन उपलब्ध गराउँदा दाइजो नै दिएको सम्झिएका छौं ,हाम्रो जीवनशैली बदल्नका लागि दुना टपरी उद्योगले मदत गरेको छ´ जुनाले भनिन् । भावुक हुँदै उनले भनिन् -` यो परियोजनामा सहभागी नभएको भए सायद यतिखेर रक्सी बनाउने,घरधन्दा गर्दै समय बिताएका हुन्थ्यौं होला। ´
सामुदायिक वन र परियोजनाको सहयोगमा शंखदेवी दुना टपरी उद्योगका लागि भवन निर्माण गरिएको छ। शंखदेवी सामुदायिक वनका अध्यक्ष सीतादेवी सापकोटा,सचिव पिताम्बर पाण्डेलगायत कार्यसमितिका सदस्यहरुसहित उद्यमी समूहले गरेका कामहरु र वनले गरेको सहयोगका बारेमा अन्तरक्रिया गरिएको थियो। दुवै समूहका महिलाहरूले आफ्ना समस्या र आफुहरुले गरिरहेको कामका बारेमा जानकारी आदानप्रदान गरेका थिए।
शंखदेवी सामुदायिक वनमा अन्तरक्रिया सकिएपछि जिल्ला डिभिजन वन कार्यालयमा पुगि उद्यमी महिलाले निमित्त डिभिजन वन अधिकृत दिपक पण्डित, वन अधिकृत हरिप्रसाद गौतम र सव डिभिजन वन कार्यालय गैंडाकोटका वन अधिकृत सूर्य सिं गुरुङसँग आफ्ना समस्या राखेका थिए । निमित्त डिभिजन वन अधिकृत पण्डितबाट समस्या समाधानका लागि पहल गर्ने आश्वासन पाएपछी महिलाहरू खुसी भएका थिए। वन संरक्षणमा महिलाहरुले नै चासो दिने कार्य सराहनीय भएको बताउँदै सव डिभिजन वन कार्यालय गैंडाकोटका वन अधिकृत गुरुङले नियम अनुसार सहयोग गर्न तयार रहेको बताए ।
गैंडाकोटबाट आएको महिलाहरुको टोलीले देवचुलीका नमूना महिला सामुदायिक वन उपभोक्ता समूह र अमर ज्योती सामुदायिक वन उपभोक्ता समूहका उद्यमी महिलाहरुसँग संवाद गरेका थिए । नमूना महिला सामुदायिक वन उपभोक्ता समूहमा थाकल उद्यमी महिला समूह र कुचो उद्यमी महिला समूहले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए।थाकल उद्यमी महिला समूहकी सचिव रिलकुमारी तामाङले उद्यमी महिलाहरूको नेतृत्वमा नमूना महिला सामुदायिक वन र परियोजनाको सहयोगमा भवन निर्माण सम्पन्न गरिएको,थाकलबाट बनेका सामग्रीहरुको बजारीकरण र उद्यम बन्दा भोगेका समस्या तथा समूहले गरेका प्रगतिका कुराहरु सुनाएकी थिइन् ।दुवै वनका महिलाहरुले अन्तरसंवाद गर्दै आआफ्ना समूहले गरेका कामको जानकारी आदानप्रदान गरेका थिए।
अमर ज्योती सामुदायिक वन उपभोक्ता समुहमा दुना टपरी उद्योग र बेसार उत्पादन तथा प्रशोधन उद्योग संचालन गरेका उद्यमी महिलाहरूले उद्योग संचालनमा भएका समस्याहरु र अहिलेको अवस्थाको बारेमा जानकारी गराएका थिए। वनका अध्यक्ष टुकलाल रुचालले उद्यमी महिलाहरूको सक्रियतालाई सदैव वन उपभोक्ता समूहले सहयोग गर्ने बताएका थिए।
तीनवटा सामुदायिक वनमा आफुहरु जस्तै महिला उद्यमीहरुले गरिरहेको कामबाट निकै प्रभावित भएको र आफ्नो क्षेत्रमा पनि समूहलाई सक्रिय बनाई काम गर्ने प्रेरणा पाएको बाँसका सामग्री उत्पादन महिला उद्यमी समूह भुजेल गाउँकी शान्ति भुजेलले बताइन् । उद्यमी भवन नबन्दा समस्या भएको र अब समस्या समाधान हुने कुरामा ढुक्क भएको उनले बताइन् । परियोजनाका माध्यमबाट विभिन्न कार्यक्रम तथा व्यक्तिहरुसँग समन्वय भइरहने हुँदा अझ सशक्तीकरण भएको उनले बताइन् ।
फेकोफन गैंडाकोटका अध्यक्ष निर्मला कंडेलले परियोजनाले महिला सशक्तीकरण गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै उद्यमीबाट निर्माण गरिएका सामग्रीहरुको बजारीकरणका लागि सबै जना लाग्नुपर्ने बताइन् । फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक कमल भण्डारीले अन्तर समुह भ्रमणबाट एक अर्का समुहबीच निर्माण गरिएका सामग्रीहरु साटफेर गर्न र आपसमा परिचित गराउनका लागि महत्वपूर्ण हुने बताए। एक अर्का समूहले निर्माण गरिएका सामग्रीहरुको बजारीकरणका लागि गरेका कार्यलगायत अन्य जानकारी साटासाट गर्ने माध्यम भएकाले समूहहरुलाई काम गर्न सजिलो हुने अपेक्षा लिएको भन्डारीले बताए।
अध्ययन भ्रमणमा देउराली सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी ,उद्यमी महिलाहरु लगायतको सहभागिता रहेको थियोे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
गण्डकी सम्बन्धि थप
  • नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

  • जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

  • नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने

  • गैँडा मारेको आरोपमा ८ जना पक्राउ

  • समाचार
  • १

    नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्
    ४ घण्टा अघि

  • २

    जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल
    २२ घण्टा अघि

  • ३

    नवलपरासी कांग्रेस विवाद उत्कर्षमा: शेखर कोइरालाले उद्घाटन गर्ने सम्मेलन संस्थापनले बहिस्कार गर्ने
    २३ घण्टा अघि

  • ४

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ
    १ दिन अघि

  • ५

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला
    १ दिन अघि

  • ६

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा
    १ दिन अघि

  • ७

    एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू
    २ दिन अघि

  • ८

    नारायणगढ-मुग्लिन खण्डका दुई पुल सञ्चालनमा
    २ दिन अघि

  • ९

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ
    २ दिन अघि

  • १०

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना
    २ दिन अघि

  • नवलपुर बिशेष
    १

    नवलपुरका मध्यवर्ती क्षेत्रका बासिन्दाको माग : ऐन तथा नियमावली संशोधन गरियोस्

    नवलपुर प्रेस
    २

    जोखिम बढि भएको ठाउँबाट उत्खनन गर्न कुनै समस्या छैन : अध्यक्ष पौडेल

    नवलपुर प्रेस
    ३

    गैँडा मारेको आरोपमा ८ जना पक्राउ

    नवलपुर प्रेस
    ४

    कृषि कर्मबाटै चिनिएका गैँडाकोटका गुप्तप्रसाद, दश बोटबाट सुरु गरेको फर्ममा अहिले पन्ध्र सय सुन्तला

    नवलपुर प्रेस
    ५

    गैँडाकोटमा सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

    नवलपुर प्रेस
    ६

    रोटरी क्लब अफ कावासोतीले गरेको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया शिविरमा तीनसय २७ जनाले लिए लाभ

    नवलपुर प्रेस
    ७

    बालबालिकालाई गुड र ब्याड टच सम्बन्धि सचेतना

    नवलपुर प्रेस
    ८

    काठमाण्डौंबाट जन्ति बोकेर कपिलबस्तुका लागि छुटेको स्कारपियो नवलपुरमा दुर्घटना

    नवलपुर प्रेस

    फेसबुक

    कावासोती मिडिया हाउसद्वारा संचालित

    नवलपुर प्रेस डट कम

    कावासोती, नवलपुर

    ईमेल: pressnawalpur@gmail.com

    सम्पर्क फोन- ९८४५३२८६८८

    कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७

    सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९

    हाम्रो टीम

    संचालक तथा प्रबन्ध निर्देशक: दयाराम आचार्य
    सम्पादक: राजु घिमिरे
    समाचार प्रमुख: ज्ञानु पंगेनी
    ब्यबस्थापक:......
    सहायक सम्पादक: .......
    ग्राफिक डिजाईनर:.....
    कानूनी सल्लाहकार:.......
    बजार ब्यबस्थापक:......
    प्रेस प्रतिनिधि: तारा पौडेल

    साईट मेनु

    • गृह पृष्ठ
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • गोपनियता
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
    • धर्म तथा संस्कृति
    • अपराध गतिविधि
    • खोज तथा अनुसन्धान
    • खेलकुद तथा मनोरञ्जन
    • कृषि तथा उद्योग
    • विश्व/एन.आर.एन.
    • नवलपुर बिशेष
    • नवलपुर अनलाईन टि.भी.
    © २०७७ नवलपुर प्रेस मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution