२०८० मंसिर २५, सोमबार
कावासोती। कावासोतीमा बाल बिवाह विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । कावासोती १ को जन कल्याण माध्यमिक बिधालयका बालबालिकाहरुलाई बाल बिवाहको असर, बाल बिवाह हुनुको कारण, बाल बिवाह रोक्ने उपाय र कानुनी प्रावधानको बारेमा सचेत गराईयको हो ।
सचेतना कार्यक्रम जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्यान्ड सगको साझेदारीमा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतको बाल क्लबका पदाधिकारीहरुको क्षमता बिकास अन्तर्गत सन्चालन गरिएको किशोरी अभियन्ता रेजिना घर्तीमगरले बताउनु भयो । समुदायमा बाल बिवाहको स्वरुप फेरियको छ, पहिला अभिभावकले गर्ने थियो भने अहिले स्वयम् बालबालिकाले नै आफै बाल बिवाह गर्ने गरेकोले बालबालिका लक्षित सचेतनाको लागि बिधालय र समुदाय लक्षित अभियान सुरु गरेको सस्थाले जनाएको छ ।
नवलपुरमा बाल बिवाहको दर बढदै गयकोले सानो उमेरमा नै आमा बन्ने तथ्यांकले देखायको छ । आजको कार्यक्रममा बाल बिवाह भनेको के हो? बाल बिवाहको असरहरु के के हुन? नेपालमा कानुनी अवस्था के रहेको छ? बालबालिकाले बाल बिवाह रोक्न गर्न सकिने कामहरुको बारेमा सहजीकरण गरिएको थियो । कार्यक्रममा जनकल्याण माध्यमिक बिधालयका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष आशा गैरे ब्लोनले बालबालिकालाई सानो उमेरबाट नै यसरी सचेतना दिन सकिय बाल बिवाह र अन्य हिंसा अन्त्य गर्न सकिने बताउनु भएको थियो ।
बिधालयमा गरिव, सीमान्तकृत समुदायका बढी बालबालिका अध्ययनरत रहेको र अभिभावकलाई समेत यस्ता बारेमा सचेत गर्नको लागि अनुरोध गर्नुभएको थियो । कार्यक्रममा किशोरी अभियन्ताहरु रेजिना घर्ती मगर, राधा बोटेले सहजीकरण गर्नुभयको थियो । कार्यक्रममा बिधालयमा अध्ययनरत ४० जना बालबालिकाको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |