२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले व्यवसाय दर्ता अभियान सुरु गरेको छ । नगरपालिका कावासोती नगरपालिका वडा नम्बर १७ बाट व्यवसाय दर्ता अभियान सुरु गरेको छ । आइतबार पहिलो दिन कावासोती –१७, मा ७४ वटा व्यवसाय दर्ता गरिएको कावासोती नगरपालिका राजश्व प्रमुख रूपेश गिरीले नवलपुर प्रेसलाई बताउनुभयो । सोमबार समेत कावासोती १७ मा नै दर्ताको अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका भित्र रहेका सबै वडामा व्यवसाय दर्ता अभियान सञ्चालन गरिने राजश्व प्रमुख गिरीले बताउनुभयो ।
नगरपालिका भित्र रहेका सबै उद्योग व्यवसायलाई करको दायरामा ल्याउन , नियमन गर्न तथा गुणस्तर कायम गरि उपभोक्ता अधिकारको रक्षा गर्न व्यवसाय दर्ता अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले बताउनुभयो ।
व्यवसाय दर्ता अभियानले दर्ता नभई सञ्चालनमा आएका उद्योग ,व्यवसायीले समेत लाभ लिन सक्नेछन् । सहज रुपमा दर्ता अभियानमा आफ्नो व्यवसाय दर्ता गर्न सक्ने राजश्व प्रमुख गिरीले बताउनुभयो । व्यवसाय दर्ता अभियान भदौ १४ गते सम्म संचालन हुने छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |