२०८० मंसिर २०, बुधबार
कावासोती। कावासोती नगरपालिका १२ र १३ मा पर्ने सामुदायिक वनको पोखरीमा ३० हजार माछाका भुरा छोडिएको छ। बिहीबार चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र लामिचौर मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत रहेको शान्तिकुन्ज मध्यवर्ती सामुदायिक वनको पोखरीमा माछाका भुरा छाडिएको हो।
सामुदायिक वनको आयआर्जनका लागि विभिन्न प्रजातिका माछाका भुरा सामुदायिक वन क्षेत्रमा रहेको पोखरीमा छाडिएको वनका अध्यक्ष कमल परियारले जानकारी दिनुभयो ।
लामिचौर मध्यवर्ती उपभोक्ता समितिको अध्यक्ष बासुदेव पौडेल, वन उपभोक्ता समितिका पदाधिकारीहरु,चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि ,नेपाली सेनाको उपस्थितिमा पोखरीमा माछाका भुरा छाडिएको थियो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |