२०८० मंसिर २५, सोमबार
देवचुली। देवचुली नगरपालिकामा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया सुरु भएको छ। शहरी विकास तथा भवन निर्माण विभागले देवचुली नगरपालिकामा बन्ने ट्रमा सेन्टरका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरलाई पत्राचार गरेको छ। नेपाल सरकारले ट्रमा सेन्टर निर्माण कार्य,देवचुली नवलपरासी ( पूर्व) भन्ने कार्यक्रम अन्तर्गत यस आवमा ५ करोड विनियोजन गरेको छ।
नेपाल सरकारको चालु आर्थिक वर्षको नीति र कार्यक्रममा देवचुलीमा ट्रमा सेन्टरको स्थापना गर्ने भन्ने नीतिगत व्यवस्था भएअनुसार बजेट विनियोजन भएकाले देवचुली १७ झरही खोला किनारमा जग्गा व्यवस्थापन गर्ने कार्यपालिकाले निर्णय गरिसकेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो । सरकारको बजेट वक्तव्यमा गैंडाकोटमा प्राथमिक ट्रमा सेन्टर निर्माण हुने भएपछि स्थानीयमा कतै देवचुलीमा ट्रमा सेन्टर नबन्ने हो कि भन्ने अन्यौलता छाएको थियो।
बहुप्रतिक्षित योजनाका रुपमा रहेको ट्रमा सेन्टर निर्माणले गति लिने भएपछि देवचुलीबासीमा खुसी छाएको छ । ट्रमा सेन्टर निर्माणपछि देवचुलीबासी मात्रै नभई सम्पूर्ण नवलपुरबासी लाभान्वित हुने सरोकारवालाहरूको अपेक्षा छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |