२०८० मंसिर १६, शनिबार
नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा रहेको कावासोती नगरपालिकाको न्यायिक समितिले एक वर्षमा ९१ वटा विवादको समाधान गरेको छ । न्यायिक समितिमा परेका विभिन्न प्रकृतिका विवाद मध्य ९१ वटा विवादको मेलमिलापको माध्यमबाट समाधान गरिएको कावासोती नगर उप प्रमुख एवं न्यायिक समिति संयोजक फूल कुमारी थनेतले बताउनुभयो ।
आर्थिक वर्ष २०७९÷०८० मा कावासोती नगरपालिकाको न्यायिक समितिमा एक सय ८१ वटा विवाद दर्ता भएका थिए । दर्ता भएका मध्य ९१ वटाको मेलमिलापको माध्यमबाट समाधान गरिएको र ६९ वटा प्रक्रियामा रहेको न्यायिक समिति संयोजक थनेतले बताउनुभयो ।
दर्ता भएका मध्य मेलमिलापको माध्यमबाट समाधान नभएका ५ वटा विवाद अदालती प्रक्रियामा गएको छ । १६ वटा विवादको मेलमिलापको समय तोकिएपछि सम्पर्कमा नआएपछि तामेलीमा रहेको न्यायिक समिति संयोजक थनेतले बताउनुभयो ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै लेनदेन सम्बन्धी ४९ वटा विवाद दर्ता भएका थिए । यसैगरी जग्गा सम्बन्धी ४८ , पारिवारिक ३३, साँध सिमाना १९, बाटो सम्बन्धी १३ लगायतका विवाद न्यायिक समितिमा दर्ता भएका थिए ।
दर्ता भएका विवादलाई न्यायिक समिति मार्फत मेलमिलापको माध्यमबाट समाधान गर्दा सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्ने र सहज रुपमा विवादको समाधान हुने न्यायिक समिति संयोजक थनेतले बताउनुभयो । ‘ मुद्दा मामिला गर्दा घर ,छरछिमेकमा रिस बढी हुन्छ, थप वैमनस्यता उत्पन्न हुन्छ, न्यायिक समिति मार्फत मेलमिलापबाट विवाद समाधान गर्दा दुवै पक्ष जित जितको अवस्था पुग्छन् र मिलेर जान्छन् ’ न्यायिक समिति संयोजक थनेतले भन्नुभयो ‘ यसले सामाजिक सद्भाव र आत्मियता कायम गर्न ठूलो सहयोग पुग्ने देखिन्छ ।’
न्यायिक समितिमा आएका विवादमा कसै माथि पक्षपात नगरी सौहार्द रुपमा विवादित पक्षहरूको सहमतिमा दुवैले न्याय पाएको महसुस हुने गरि कार्य गरिएको उप प्रमुख थनेतले बताउनुभयो ।
न्यायिक समिति मार्फत विवाद समाधान हुँदा न्यायमा पहुँच नहुने कतिपयले सरल रुपमा न्याय प्राप्त गर्ने उहाँको भनाई छ । ‘अदालती प्रक्रियामा गए झन्झटिलो , खर्चिलो पनि हुन्छ, यहाँ सहज रुपमा विवादको समाधानका लागि पहल गरिन्छ’ उप प्रमुख थनेतले भन्नुभयो ‘अदालतको पहुँचमा पुग्न नसकेका धेरैका लागि सरल रुपमा न्याय पाउन ठाउँ न्यायिक समिति बनेको छ ।’
कावासोती नगरपालिकामा रहेको न्यायिक समितिले आफ्नो क्षमता अनुसार सकेको विवादहरूको समाधानका लागि लागेको उहाँले बताउनुभयो । कतिपय लामो समय देखि रहि आएको विवाद समेत न्यायिक समितिको पहलमा समाधान गरिएको न्यायिक समिति संयोजक थनेतले बताउनुभयो ।
न्यायिक समितिका मुल खम्बाका रुपमा रहेका मेलमिलापकर्ताहरुलाई सबल बनाउन पुर्नताजकी तालिम संचालन गर्ने गरिएको छ ।
कावासोती नगरपालिकामा नगर उप प्रमुख फूल कुमारी थनेतको संयोजकत्वमा सदस्यहरू युवराज गैरे र वसन्ती कुँवर केसी सहितको तीन सदस्यीय न्यायिक समिति रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |