२०८० मंसिर १४, बिहिबार
कावासोती । नवलपुरको कावासोतीमा रहेको शिव सामुदायिक वन परिसरमा रहेको बाल पार्क बालबालिकाको लागि आकर्षण बन्दै गएको छ । बालबालिका लक्षित गरि निर्माण गरिएको पार्कमा अहिले बालबालिकाको उल्लेख्य उपस्थिति हुन थालेको छ । बजार क्षेत्रबाट नजिकै रहेको खुला क्षेत्र भएकाले पाका उमेर समूहका मानिस समेत घुमफिरका लागि पार्कमा पुग्ने गरेका छन् । शिव सामुदायिक वन क्षेत्रमा रहेको यस पार्कको संरक्षणका लागि वनले उप समिति गरि काम थालेको छ । हालै मात्रै बाल पार्कमा करिब २३ लाख खर्च गरेर विभिन्न संरचनाहरू निर्माण गरिएको बाल पार्कका संयोजक जगन्नाथ भुसालले बताउनुभयो । पर्यटन तथा उद्योग कार्यालयको १२ लाख ,डिभिजन वन कार्यालयको ५ लाख र आन्तरिक स्रोत मार्फत पार्क क्षेत्रमा विभिन्न संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।
बाल पार्क भित्र बालबालिकाको मनोरञ्जनका लागि पिङ, चिप्लेटी, लगायतका विभिन्न संरचना निर्माण गरिएको छ । पार्कको आकर्षणका लागि पानीको फोहरा, गोलघर तथा प्रतीक्षालय लगायतका संरचना समेत निर्माण गरिएको छ । पार्कको थप व्यवस्थापनका लागि शिव सामुदायिक वन मार्फत सरसफाइ सहितका काम गर्ने योजना रहेको संयोजक भुसालले बताउनुभयो ।
बजार क्षेत्र नजिकै रहेको पार्क भएकाले धेरै बालबालिका पार्कमा आउने र एकछिन भएपनि मनोरञ्जन लिने गरेको उहाँले बताउनुभयो । पार्कलाई थप व्यवस्थित गराउने योजना रहेको भुसालले बताउनुभयो । कावासोती नगरपालिका मार्फत चालु आवमा १० लाख विनियोजन भएको र त्यसले साना बालबालिकाको लागि स्विमिङपुल निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । बाल पार्क बालबालिकाको मनोरञ्जन सहित पर्यटकीय दृष्टिले समेत विकास गर्ने समितिको योजना रहेको छ । बाल पार्कको केहि दिनमा औपचारिक उद्धघाटन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
बालबालिकाको लागि विभिन्न संरचनाहरु बनाइएको भएपनि पाको उमेर समूहका व्यक्तिले समेत प्रयोग गर्दा भने समस्या भएको संयोजक भुसालले बताउनुभयो । सबै संरचना नितान्त बालबालिकाको लागि बनाइएकाले सोही अनुसार गर्न बाल पार्कमा आउनेमा उहाँले अनुरोध गर्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |