२०८० मंसिर २०, बुधबार
नवलपुर । यस बर्षको एसईई परीक्षामा नवलपुरको कावासोती नगरपालिका भित्र वाईज भिजन सेकेन्डरी स्कूल नगर प्रथम भएको छ ।
विद्यालयका प्रिन्सिपल तिलक सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को नजिता अनुसार जिपिए प्रतिशतको आधारमा साधारण तर्फ संस्थागत र सामुदायिक सबै विद्यालयमा वाईज भिजन विद्यालय नगर प्रथम भएको हो ।
स्कूलले औसत जि.पि.ए. ३.१७६ का साथ प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रिन्सिपल सापकोटाले बताए । यस विद्यालयबाट २१ जना विद्यार्थी सहभागी थिए ।
कावासोती नगरपालिका वडा नं. ८ मा रहेको गण्डकी बिद्यालयले पनी नगर प्रथम भएको जनाएको छ । गण्डकीले औसत जि.पि.ए ३.१७ ल्याएको छ । तर वाईज भिजनको ३.१७६ रहेकोले आफ्नो विद्यालय नगर प्रथम भएको बताएका छन ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |