२०८० मंसिर २४, आईतबार
कावासोती । एसईई परिक्षामा जिल्लामा उत्कृष्ट नतिजा दिने विद्यालयको नाम सार्वजनिक भएको छ । शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले सामुदायिक र संस्थागत गरि चार /चार विद्यालयको नाम सार्वजनिक गरेको हो ।
संस्थागत तर्फ एसईई परिक्षामा देवचुलीको विश्व ज्योती पहिलो भएको छ । कावासोतीमा रहेको सिद्धार्थ आवसिय मावी जिल्लाकै उत्कृष्ट नतिजा दिने विद्यालयमा दोस्रो भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले गत वर्षको एसईई परिक्षामा कम्तिमा ५० विद्यार्थी सहभागी गराउने विद्यालय मध्यबाट उत्कृष्ट औषत जिपिए ल्याएने सामुदायिक र संस्थागत विद्यालय गरि चार÷चार वटाको नाम सार्वजनिक गरेको छ ।
जसमध्य संस्थागत तर्फ विश्व ज्योती पहिलो, कावासोतीको सिद्धार्थ द्वितीय र विजय सामुदायिक सदन द्वितीय तथा गैँडाकोट नमूना मावी तृतीय भएका छन् । यि चार विद्यालयले औषत जिपिए क्रमश ३ .१३, ३.११,३.११ र २.९० प्राप्त गरेका छन् ।
सामुदायिक तर्फ ज्ञानोदय मावी कावासोती प्रथम, शिव मावी कावासोती द्धितिय ,वरचुली मावी देवचुली तृतिय र नेपाल लोक सेवा मावी मध्यविन्दु तृतिय भएका छन् । यि विद्यालयले क्रमश २.८६, २.८ं०,२.७४ र २.७४ औषत जिपिए प्राप्त गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |