२०८० मंसिर २५, सोमबार
काठमाडौं । गु्गलले समाचार लेख्न सक्ने क्षमता भएको नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल तयार गर्दैछ । पत्रकारलाई समाचार लेख्न र सो समाचारका लागि आवश्यक जानकारी संकलन गर्न सघाउन कम्पनीले एआई टुल ल्याउन लागेकाे हाे ।
विभिन्न सञ्चारगृह तथा प्रकाशकको सहकार्यमा गुगलले एआई टुल तयार गरिरहेको अल्जाजिरामा प्रकाशित एक समाचारमा उल्लेख छ । कम्पनीका अनुसार यो टुलले पत्रकारलाई समाचारको शीर्षक राख्न तथा फरक-फरक शैलीमा समाचार लेख्न सहयोग गर्नेछ ।
यसले पत्रकारको क्षमता वृद्धि गर्न मद्दत पुग्ने गुगलको दाबी छ । अल्जाजिरासँगको कुराकानीमा कम्पनीका प्रवक्ता जेन स्रिडरले यो काम अहिले प्रारम्भिक चरणमा रहेको र योजनाबद्ध रुपमा यसमा काम भइरहेको जानकारी दिएका छन् ।
सरोकारवालाहरूबीच यो टुलले पत्रकारलाई सघाउने हो कि उल्टै पत्रकार प्रतिस्थापन गर्ने हो भन्ने विषयमा छलफल चल्न थालेकाे छ । तर गुगलका प्रवक्ताले भने यसले पत्रकारलाई प्रतिस्थापन गर्न नसक्ने बताएका छन् । यसले एउटा पत्रकारले जस्तै रिपोर्टिङ गर्न तथ्य जाँच गर्न लगायतका काम गर्न नसक्ने भएका कारण यो टुल सहयोगीको रुपमा मात्र रहने उनको भनाइ छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |