२०८० मंसिर १६, शनिबार
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले वातावरण संरक्षणको क्षेत्रलाई जोड दिँदै नयाँ अवधारणा सहितको कार्यक्रम अघि सारेको छ ।
वातावरण प्रतिकुल क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउने तथा वातावारण संरक्षण र प्रवद्र्धनका सन्दर्भमा विभिन्न कार्यक्रम संचालन गरी स्वस्थ र सुरक्षित वातावारण सिर्जना गर्ने लक्ष्य सहित ‘ सामुदायिक वातावरणीय प्रहरी सेवा’ कार्यकम अघि सारिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक भुवनेश्व तिवारीले बताउनुभयो ।
बढ्दो जनसंख्या बृद्धि, बसाई सराई, विकास निर्माण, उद्योग कलकारखाना तथा यातायात क्षेत्रबाट वातावरणमा प्रतिकुल गतिविधीका कारण वातावरणमा परिरहेको असर एवम् वातावरण प्रतिकुल क्रियाकलापहरु लाई न्यूनिकरण तथा नियन्त्रण गरी जैविक विविधता संरक्षणमा लाग्नु पर्ने देखिएकाले यस्तो अवधारण अघि सारिएको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो । ‘वातावरणको क्षयीकरण हुँदा पारिस्थितिक पद्धति असन्तुलित हुन गई यसबाट प्रत्यक्ष रुपमा सम्पूर्ण प्राणी जगतमा प्रतिकुल असर पर्ने देखिन्छ। खास गरेर बाढी, पहिरो, डुबान, भु–क्षय, अनावृष्टि, अतिवृष्टि लगायतका अकल्पनीय विपद्हरुबाट जनजीवनमा अस्वभाविक असन्तुलन उत्पन्न हुन गई समग्र विकासको पद्धतिमा नै अवरोध सिर्जना हुन्छ र जसको फलस्वरूप अन्तत्वगत्वा अपराधिक क्रियाकलापहरुमा बढोत्तरी भई शान्ति सुरक्षामा नकारात्मक असर पर्दछ’ प्रहरी उपरीक्षक तिवारीले भन्नुभयो ‘यसकारण नकारात्मक वातावरणी प्रभाव कम गर्दै समग्र सुरक्षा अवस्था सुधारको लागि समेत कार्यक्रमले सहयोग पुग्ने विश्वास छ।’
नेपाल प्रहरीले कार्यालय सरसफाई, वृक्षारोपण, फोहोरमैला व्यवस्थापन लगायतका विविध गतिविधिहरु गर्दै आएकोमा प्रहरीलाई वातावरण मैत्री संगठनका रुपमा समेत अगाडी बढाउन सकिने प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।
कार्यक्रम अन्तरगत प्रहरी इकाईहरु वातावरण मैत्री बनाउने, प्रहरी कर्मचारीहरुलाई वातावरण मैत्री प्रशिक्षण गर्ने, प्लाष्टिक प्रदुषण नियन्त्रण गर्न ,वातावरण संरक्षणको लागि स्थानीय तह, सरोकारवाला संघ संस्थाहरु र समुदायसँग समन्वय गरी कार्यक्रमहरु संचाल गर्ने, वातवारण प्रतिकुल गतिविधिमा संग्लनहरुलाई कानूनी दायरामा ल्याउने, नवलपरासी (पूर्व) मा वातावरण संरक्षणको अभियान संचालन गर्ने, समुदायमा वातावरणीय कानून र नियमहरूको पालना भइरहेको सुनिश्चित गर्ने ,वातावरणीय उल्लघनहरू पहिचान गरी कानूनी दायरामा ल्याउने, ड्ड समुदायका सदस्यलाई वातावरण संरक्षण र संरक्षणको महत्व बारे शिक्षित गर्ने, समुदाय भित्र दिगो अभ्यासहरू प्रवर्द्धन गर्न जस्तै रिसाइकल र फोहोर घटाउने, नागरी स्वास्थ्य सुरक्षालाई हानि पुयाउन सक्ने खतराहरूको अनुगमन र सम्बोधन गर्ने, समुदायमा वातावरणीय अवस्था सुधार गर्न अन्य संस्था र सरोकारवालाहरूसँग सहकार्य गर्न, समुदायका नागरीकलाई सरक्षणमा सक्रिय भूमिका खेल्न प्रोत्साहित गर्न, वातावरण तथा जैविक विविधताका सवालहरूको निर्णय प्रक्रियाहरूमा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्ने , वातावरणीय समस्याबाट प्रभावित सीमान्त अधिकारका गर्दै सामाजिक वातावरणीय न्यायको प्रर्वद्धन गर्ने लगायतका कार्यहरु गरिने प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।
दीर्घकालीन रुपमा कार्यक्रम मार्फत वातावारण संरक्षण मार्फत जैविक विविधताको संरक्षण गर्दै बढ्दो वातावरणीय क्षयीकरणलाई रोकी अपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |