२०८० मंसिर १६, शनिबार
नवलपुर । असार पहिलो सातासम्म खडेरी परेकाले यसको प्रभाव रोपाइँमा परेको छ । नवलपरासी –बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत वर्ष असार १५ सम्ममा करिब ४० प्रतिशत रोपार्इँँ सम्पन्न भएको थियो । तर यो वर्ष उही अवधिमा जम्मा १३ प्रतिशत धान रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपालप्रसाद लामिछानेले बताउनुभयो ।
‘गत वर्ष यो समय सम्म करिब ४० प्रतिशत रोपाइँँँ सकिएको थियो, यो वर्ष निक्कै कम रोपाइँ भएको छ ।’ प्रमुख लामिछानेले भन्नुभयो ‘रोपाइँमाको समय ढिलोगरी सुरु भएको छ, तर यही अनुसार अन्त्य सम्म रहे कम क्षेत्रफलमा रोपाइँ हुने र उत्पादनमा कमि आउन सक्छ ।’
बिउ राख्नेबेला परेको खडेरीका कारण सिँचाइको सुविधा नभएको स्थानमा किसानले समयमा बिउ राख्न पाएका थिएनन् । यसले गर्दा ढिलो गरि बिउ राखेका कारण समेत रोपाइँ ढिलो भएको ज्ञान केन्द्र प्रमुख लामिछानेले बताउनुभयो ।
नवलपरासी पूर्व नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीमा धेरै मात्रामा धान खेती हुँदै आएको छ । हुप्सकोट सहित पहाडी क्षेत्रका पालिकामा समेत धान खेती गर्ने गरिएको छ ।
कुल खेतियोग्य क्षेत्रफलको ५५ प्रतिशत जमिनमा सिँचाइको सुविधा रहेको छ । बाँकी क्षेत्रमा भने सिँचाइको उचित प्रबन्ध नहुदाँ समेत रोपार्इँँ प्रभावित बनेको ज्ञान केन्द्र प्रमुख लामिछानेले बताउनुभयो । जिल्लाको राजमार्ग आसपासका पालिकाहरूमा कुलो, बोरिङको सिचाई सुविधा धेरै भएपनि पहाडी क्षेत्रमा करिब सबै वर्षाको पानीमा निर्भर हुनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । ‘जिल्लाको तल्लो क्षेत्रमा सिचाईको लागि केही प्रबन्ध भएपनि पहाडी क्षेत्र पूर्ण रुपमा वर्षामा निर्भर हुनुपर्ने अवस्था छ, तलपनि अझै सबै पूर्ण सिँचिए क्षेत्र छैन । यसले यो वर्ष प्रत्यक्ष रोपाइँँँमा प्रभाव पारेको छ’ प्रमुख लामिछानेले भन्नुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |