२०८० मंसिर २५, सोमबार
कावासोती । भूमिहीन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने योजना अनुसार कावासोती नगरपालिकामा नापीको काम चलिरहेको छ । कावासोती नगरपालिका वडा नम्बर १ र ४ मा नापी जारी रहेको छ । दुवै वडामा नापीको काम अन्तिम चरणमा पुगेको कावासोती नगरपालिकाले जनाएको छ ।
केही दिन भित्र दुबै वडाको नापीको काम सम्पन्न हुने र अन्य वडामा नापीको टोली खटिने कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो ।
नगरभित्रका सबै वडामा जतिसक्दो चाडो नापीको काम सकेर भूमि सम्बन्धी समस्या समाधान आयोगको समन्वयमा पालिकामा पुर्जा बाँडिने नगर प्रमुख भुसालले बताउनुभयो ।
यसै बिच आज नगर प्रमुख विष्णुप्रसाद भुसाल, उप प्रमुख फूलकुमारी थनेत सहितको टोलीले कावासोती ४ मा भएको कामको निरीक्षण गरेको छ । काम के कसरी अघि बढेको छ भन्ने विषयमा बुझ्ने र थप प्रभावकारी रुपमा काम अघि बढाउन स्थानीय समितिले कामको निरीक्षण गरेको हो । निरीक्षण पश्चात कावासोती नगरपालिकामा बैठक समेत बसेको थियो ।
कावासोती नगरपालिकामा हाल कामलाई द्रुत रुपमा बढाइएको छ । नगरपालिकामा यस अघिनै केही वडामा नापीको काम भएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |