२०८० मंसिर २५, सोमबार
देवचुली । नवलपुरको देवचुली नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज देवचुली नगरपालिकाको सभाहलमा नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, आर्थिक विद्येयक र आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सर्वसम्मत रुपमा पास भएको छ ।
नगर सभा बैठकमा नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले कृषि,उद्योग,पशु,पर्यटन तथा व्यापार व्यवसाय प्रवर्द्धनमा विशेष जोड दिएको सो क्रममा नगर प्रमुख न्यौपानेले बताउनुभयो ।अधिवेशनमा नगर प्रवक्ता तिलप्रसाद काफ्लेले आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो।
नगर उप प्रमुख पार्वता तिवारीले आर्थिक विद्येयक २०८० नगरसभामा पेश गर्नुभएको थियो । सो विद्येयक ध्वनिमतका आधारमा सर्वसम्मत रुपमा पास गरिएको छ ।
उप प्रमुख तिवारीले आगामी आर्थिक वर्षको अनुमानित आय व्यय विवरण सहित विनियोजन विद्येयक समेत प्रस्तुत गर्नुभएको थियो । उहाँले ८० करोड २६ लाख ३५ हजार रुपैँया बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो । जस मध्ये संघीय वित्तिय समानीकरण अनुदान १३ करोड ३२ लाख, संघीय राजस्व बाँडफाँड १० करोड ८१ लाख ४९ हजार , प्रदेश वित्तिय समानीकरण अनुदान १ करोड ८३ लाख ५५ हजार , प्रदेश राजस्व बाँडफाँड १ करोड ३४ लाख १५ हजार, सशर्त विशेष ५० लाख,समपुरक अनुदान ५० लाख ,आन्तरिक आम्दानी १२ करोड ८४ लाख १६ हजार,मालपोत रजिष्ट्रेसन शुल्क ५ करोड गरि कुल ८० करोड २६ लाख ३५ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ।
त्यसै गरि कुल विनियोजित बजेटमा सामाजिक क्षेत्र तर्फ ४१.३० प्रतिशत,आर्थिक विकास क्षेत्र तर्फ ११.२५ प्रतिशत,पूर्वाधार विकास क्षेत्र तर्फ २२.१३ प्रतिशत,वन वातावरण तथा विपद व्यवस्थापन क्षेत्र तर्फ २.९२ प्रतिशत ,संस्थागत तथा सुशासन विकास तर्फ २२.४० प्रतिशत बजेट विनियोजन गरिएको छ।
नगरसभाबाट राजश्व संकलन ऐन तथा देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन पारित गर्दै शिक्षा ऐन २०७६ को दोस्रो संशोधन गरेको छ। विधायन समिती संयोजक एकदेव पौडेलले प्रस्तुत गर्नुभएको ऐन सर्वसम्मत पारित गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |