२०८० मंसिर १४, बिहिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा लोपउन्मुख डङ्गर जातका गिद्ध मृत फेला परेका छन् । जिल्लाको कावासोती नगरपालिका –३, स्थित नमूना सदरमुकाम नजिक केरुङ्गे खोला नजिक चार वटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो ।
आज साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन् । गिद्ध विषाक्त मासु खाएका कारण मरेको हुन सक्ने संरक्षणकर्मी चौधरीले बताउनुभयो । ‘चार वटा गिद्ध मृत भेटिएका छन्, बिसाक्क्त खानाकै कारण मरेको अनुमान छ’ संरक्षणकर्मी चौधरीले भन्नुभयो । साँझको समय भएको र चारवटा गिद्ध फेला परेको भएपनि अन्य गिद्ध समेत मरेको हुन सक्ने उहाँले बताउनुभयो ।
गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । सोही जनावरको मासु खाएकाले मरेको हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । गिद्ध मरेको विषयमा पशु प्राविधिकले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । गएको फागुन महिनामा समेत यसै क्षेत्रमा स्यालको विषाक्त मासु खाएर पाँच वटा गिद्ध मरेका थिए । नमूना सदरमुकाम निर्माण स्थल क्षेत्रमा रहेका सिमलका रुखमा गिद्धको बासस्थान रहेको छ ।
हाल गिद्ध मरेको स्थान गिद्ध संरक्षण गरिएको जटायु रेष्टुरेन्ट देखि करिब ६ किलोमिटरको दूरीमा समेत पर्दछ । कावासोतीकै पिठौलीमा गिद्ध संरक्षणका गरिएको छ । संरक्षण गरिएका गिद्धको आहारा बिहार गर्ने स्थान नजिक पटक पटक गिद्ध मर्दा संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी एवं जटायु रेष्टुरेन्टका व्यवस्थापक डिबि चौधरीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |