२०८० मंसिर २४, आईतबार
नवलपुर । नेकपा एमाले नवलपुर इन्चार्ज मना केसीले जनतासँग जोडिने विषय कार्यान्वयन गर्न एक्सनमा जानुपर्ने बताउनु भएको छ । नवलपुरको कावासोतीमा प्रेस चौतारी नेपाल जिल्ला शाखा नवलपुरसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज केसीले जनताको जनजिविकाको सवाल, जनताको समस्या समाधान गर्ने विषय ,जनतासँग जोडिएका विषयलाई कार्यान्वयन गर्ने गरि एक्सनमा जानुपर्ने बताउनु भएको हो । उहाँले पार्टी, जनप्रतिनिधि सबै जनताको विषयलाई बोकेर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेले अहिले जनताका विषय बुझ्ने , पार्टी र जनताको सम्बन्ध, जनप्रतिनिधि र पार्टीको सम्बन्ध, जनप्रतिनिधि र जनता बिचको सम्बन्ध बुझ्ने र समस्या भएको स्थानमा समाधानका उपाय खोज्न लागेको इन्चार्ज केसीले बताउनुभयो ।
पार्टीले मिसन ग्रास रुट अभियान मार्फत जनप्रतिनिधि र जनता , सहित पार्टी भित्रको समस्या पहिचान गरि त्यसको समाधान गर्ने गरि थप कार्य अघि बढाएको उहाँले बताउनुभयो ।
‘अहिले पार्टी भित्र कुनै अन्तर विरोध भए समाधान गर्ने, जनताको विषय बुझ्ने काम सहित विभिन्न जिम्मेवारीमा भएकाको भूमिका के रहेको छ भन्ने बुझ्ने र समग्रमा पार्टीलाई बलियो बनाउने उद्देश्य साथ फरक रुपमा काम अघि बढाइएको छ’ इन्चार्ज केसीले भन्नुभयो ।
पार्टीलाई बलियो बनाउँदै अबको निर्वाचनमा एमाले एक्लैको बहुमत ल्याउने मूल लक्ष्य रहेको उहाँले बताउनुभयो । पार्टीले जिम्मेवारी हेरफेर गरि फरक भूगोलमा खटाएपछि जिल्ला इन्चार्जका रुपमा आउनु भएका नेता केसीले नवलपुरमा अहिले पार्टी संगठित सदस्य नवीकरण, टोल, वडा, पालिका सहित जिल्ला स्तरका कार्यक्रम केन्द्रित गर्ने बताउनुभयो ।
छलफल कार्यक्रममा नवलपुर क्षेत्र न २ ईन्चार्ज रविन्द्र अधिकारी , जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे,प्रदेश सदस्य तथा जिल्ला समन्वय समिती नवलपुर प्रमुख बाबुराम विश्वकर्मा ,जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, प्रचार विभाग प्रमुख सागर पाेख्रेल लगायतकाे उपस्थिति रहेको थियो ।
यसक्रममा चाैतारीका तर्फबाट प्रचार विभाग प्रमुख सागर पाेख्रेल, असिफ गुरुङ , अध्यक्ष सालिकराम काेइराला, उपाध्यक्ष दयाराम आचार्य , सचिव तिर्थ डुम्रे लगायतले जिल्लामा चाैतारीका गतिविधि ,पार्टी र जनप्रतिनिधिको विषय लगायतका बारेमा जानकारी प्रदान गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |