२०८० मंसिर २०, बुधबार
बुलिङटार।राष्ट्रिय स्वतन्त्र पार्टी बुलिङटारले बस्न याेग्य, हेर्न लायक समृद्ध बुलिङटारकाे परिकल्पनालाई अाफ्नाे पार्टीको समर्थन भएकाे जनाएकाे छ । बुलिङटार गाउँ पालिका अध्यक्ष दिपेन्द्र सुनारीलाई २० बुदे राय/ सुझाब पेश गर्दै गाउँपालिकाकाे यस अभियानमा समर्थन जनाएकाे हाे। नेकपा ( एमाले) ले स्थानीय चुनावमा अाफ्नाे चुनावी प्रतिबद्वता पत्रमा बस्न याेग्य गाउँ हेर्न लायक ठाउँकाे नारा अगाडि सारेकाे थियाे । साेही नारालाइ पालिकाले साकार बनाउने अभियान थालेकाे छ । रास्वपा बुलिङटारका सभापति पदमराज गिरीले परिकल्पना राम्रो भएकाले सर्वपक्षीय सराेकारवालाहरूकाे समर्थन पाउन जरुरी भएकाे बताउनु भयाे ।
स्थानीय सरकारका गतिविधिमा पारदर्शी , गतिशीलता , न्यायाेचित र जवाफदेहिता हुन जरूरी भएकाे रास्वपाले जनाएकाे छ । भाैगाेलिक बिकटता, दुरगामी प्रतिफल दिने याेजनाहरू, कृषि पशुपालन,सिचाइ , यातायात , शिक्षा, स्वास्थ्य , पर्यटन बिद्धुतिकरण , जनचेतनामूलक कार्यक्रममामा समावेश हुनुपर्ने उक्त पार्टीले सुझाव दिएकाे छ ।
ढुङ्गा , गिट्टी, बालुवाकाे प्रयाेगमा सहजता, सार्वजनिक सुनाई लगाएतका बिषय रास्वपाले उठाएकाे छ । सुझाव ग्रहण गर्दै बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीले रचनात्मक सुझावलाइ अात्मसाथ गरि अगाडि बढ्ने भन्दै सुझावका लागि रास्वपा बुलिङटारलाई धन्यवाद दिनुभयाे ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |