२०८० मंसिर २४, आईतबार
नवलपुर । नारायणीमा पौडी खेल्दा पानीमा डुवेर हराईरहेका एक बालकको शव भेटिएको छ । सोमवार दिउँसो साथीहरुसँग नदीमा पौडी खेल्न गएका देवचुली १ का १५ बर्षका संयोग ढकाल पानीमा डुवेका थिए ।
प्रहरी, ससस्त्र प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका कर्मचारी र स्थानीय डुंगा चलाउन र पौडी खेल्न सिपालु बोटे, माझीहरुको निरन्तरको खोजतलासपछि आज बिहान नदीको तल्लो सतहमा झारमा जेलिएको अवस्थामा शव बाहिर निकालिएको उद्धारमा संलग्न टोलीले जनाए ।
देवचुली १ स्थित नेपाल नमूना माविमा अध्ययनरत संयोग सोमवार दिउँसो ५ जना गाउँकै साथीसहित पौडी खेल्न गएका थिए । संयोग नदीमा हराएपछि साथीहरुले स्थानीयसँग हारगुहार गरेका थिए । लगत्तै प्रहरीले जानकारी पाउनासाथ घटनास्थलमा पुगेर रातीसम्म खोजतलास गरेका थिए । सोमवार फेला पार्न नसकेपछि चितवनबाट गोताखोरको टोली मगाईएको भए पनि टोली आउनुपूर्व नै बिहान पौने १० बजे शव फेला परेको वडाअध्यक्ष कृष्णबहादुर केसीले बताए । शव पोष्टमार्टम प्रक्रियाका लागि पठाएर घटनाको थप अनुसन्धानमा प्रहरी जुटेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |