२०८० मंसिर २४, आईतबार
नवलपुर ।अन्तर्राष्ट्रिय महिनावारी सरसफाई मे २८ आज बिश्व भर बिभिन्न कार्यक्रमहरु गरि मनाईदै छ ।
दिवसको अवसरमा नवलपुर कावासोती ७ बोटे टोलका किशोरीहरुले भने आफ्नै आमाहरुलाई महिनावारी सरसफाईको महत्त्व र पुन प्रयोग योग्य प्याड बनाउन सिकायर यो दिवस मनायका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नलन स्विजरल्याण्ड सगको साझेदारीमा कावासोतीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका किशोरी अभियन्ताहरुले सो तालिम सन्चालन गरेको सस्थाकि राधा बोटेले बताउनु भयो ।
समाजमा अझै पनि महिनावारीको बारेमा खुलेर कुरा नगर्ने, महिनावारि हुँदा सरसफाइ नगर्ने र प्याडको समेत प्रयोग नगरी फोहोर कपडाहरु प्रयोग गरिरहने भएकोले आफ्नै अभिभावकहरुलाई सफा कपडाबाट सजिलो तरिकाले प्याड बनाउन सिकायको किशोरी अभियन्ता सवनम सुनारले बताउनु भयो ।
वार्ड भित्रको पछाडि रहेको समुदाय स्तरमा यस्तो तालिमहरुले महिनावारी सरसफाईको बारेमा जान्ने र प्याड आफैले निर्माण गर्दा बाहिरको महगो प्याड समेत किन्न नपर्ने हुँदा पैसाको समेत बचत हुने किशोरी अभियन्ता निर्जला बोटेले बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले तालिमबाट महिनावारीको बारेमा थाहा भयको र अव स्वस्थ रहनको लागी सरसफाई नियमित गर्ने र सफा कपडाहरुबाट प्याड आफैले गरायर प्रयोग गर्ने सहभागी गङगा कुमारी बोटेले बताउनु भयो ।कार्यक्रममा समुदाय स्तरका २५ जनाको सहभागिता रहेको थियो भने किशोरी अभियन्ताहरु सवनम सुनार, एलिसा पन्थी, निर्जला बोटेले गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |