२०८० मंसिर २०, बुधबार
नवलपुर । भूमि सम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरका पालिका जग्गा नापीको कामले गति लिन थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकाहरूमा जग्गा नापीको कामले गति लिन थालेको हो ।
नवलपुरका आठ वटा पालिका मध्य हाल तीन वटा पालिकामा जग्गा नापीको काम भइरहेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला सदस्य राम तामाङका अनुसार नवलपुरका अहिले कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा जग्गा नापीको काम जारी रहेको छ ।
नवलपुरको देवचुली नगरपालिका ,गैंडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा प्राप्त आवेदनहरूलाई अनलाई इन्ट्रिको काम चलिरहेको छ । जस मध्य देवचुली र गैंडाकोटको काम करिब अन्तिम चरणमा रहेकाले चाँडै जग्गा नापीको काम सुरु हुने जिल्ला सदस्य तामाङले बताउनुभयो ।
जिल्लाका पहाडी क्षेत्रमा पर्ने पालिकाहरू बौदीकाली र बुलिङटारमा भने भूमि सम्बन्धी समस्या समाधानको काम अघि बढाउने गरि सम्झौताको काम सकिएको र चाँडै तेहापनि थप आवश्यक कार्यहरु अघि बढ्ने बताउनुभयो ।
‘करिब जसो सबै पालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि आवश्यक कामहरू अघि बढेकाछन्, केही पालिकामा नापीकै काम चलिरहेको छ, यही गतिमा काम अघि बढे केही वडामा अबको एक महिनामा पुर्जा दिन सकिन्छ ’ जिल्ला सदस्य तामाङले भन्नुभयो ।
नवलपुरमा प्रारम्भिक तथ्याङ्क अनुसार करिब ३० हजार आवेदन परेका छन् । सबै पालिकाले प्राप्त आवेदनलाई अनलाई इन्ट्रिको काम सके यकिन तथ्याङ्क आउने उहाँले बताउनुभयो ।
शुक्रबार मात्रै जिल्लाको कावासोती नगरपालिकाले जग्गा नापीको कामलाई अघि बढाएको छ । नगरपालिकाको वडा नम्बर १ र ४ बाट जग्गा नापीको काम सुरु भएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । पालिकामा अघिल्लो आयोगका समयमा केही वडाहरूमा नापीको काम भएको थियो । हालको आयोगले सोही प्रक्रियालाई स्वामित्व लिएपछि नयाँ वडाबाट थप नापीको काम सुरु गरिएको नगर प्रमुख भुसालले बताउनुभयो । जग्गाको समस्या चाडोँ समाधान गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । वर्षौँदेखि भूमिहीन सुकुम्बासीका रुपमा रहेकालाई राज्यले एकपटकको लागि पुर्जा दिन लागेकाले यो कामलाई जतिसक्दो चाँडो सम्पन्न गरि भूमिहीन ,सुकुम्बासीलाई जग्गाको मालिक बनाउने काममा सबैले सकारात्मक सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका भित्र ७ हजार ५६७ जनाले आवेदन दिएकाछन्। नगरपालिकामा ७०७ भूमिहीन दलित ,१ हजार २५१ भूमिहीन सुकुम्बासी र ५ हजार ६०९ जनाले अव्यवस्थित बसोबासीले आवेदन दिएका छन्। जसमध्ये सबै कम्प्युटर इन्ट्रीको काम सकिएको छ। पालिका भित्र यस अघि २ हजार ८६ कित्ताको नापी समेत सकिएको छ। कावासोती नगरपालिका वडा नम्बर ३,५,१०,१५ र १७ मा यस अघि नापी गरिएको छ। तर यि वडाहरूमा पूर्ण रुपमा नापीको काम सम्पन्न हुन बाँकी छ।
जग्गा नापीको काम सकिने वडाहरुमा क्रमश फिल्डबुक तयार पार्ने, श्रेष्ता पुर्जा तयार पार्ने र पुर्जा बितरणको काम हुने आयोगका जिल्ला सदस्य तामाङले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |