२०८० मंसिर २५, सोमबार
नवलपुर । मध्यविन्दुका शैक्षिक सम्वद्ध संगठनका अगुवाले जिल्ला प्रशासन कार्यालय नवलपुरमा ध्यानाकर्षण पत्र बुझाएका छन् । मध्यविन्दुको सेहरीमा स्थानीय तहबाट अनुमति नलिई सञ्चालनमा आएको निजी विद्यालय लिटिल फ्लावरका शक्षिक गतिविधिमा रोक लगाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मध्यविन्दुका तीन राजनैतिक दल निकट शिक्षक संगठन र निजीतर्फका प्वाब्सन र एन प्याब्सनका अध्यक्षले संयुक्त पत्रमा हस्ताक्षर गरि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल समक्ष ध्यानकर्षण पत्र बुझाएका हुन् ।
आजनै जिल्ला समन्वय समिति प्रमुख , शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई समेत ध्यानाकर्षण पत्र बुझाइएकाे छ।
लिटिल फ्लावरले यस शेक्षिक सत्रमा नर्सरीदेखि कक्षा १ सम्म पढाई हुेन भन्दै नयाँ भर्ना लिएको छ । यहाँका शैक्षिक संगठनका नेताहरुले लिटिल फ्लावरको गतिविधिलाई कानून विपरीतको कार्य गरेको आरोप लगाएका छन् । यस अघि शैक्षिक सत्र शुरु हुनु अगावै चैत अन्तिम साता मध्यविन्दु नगरपालिकाका नगर प्रमुख समक्ष समेत उक्त शैक्षिक संस्थाका विषयमा ध्यानाकर्षण गराएका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |