२०८० मंसिर २०, बुधबार
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरबाट सार्वजनिक विदाको दिनमा समेत सेवा दिइने भएको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्णय अनुसार विभिन्न सार्वजनिक विदामा समेत सेवा प्रदान गरिन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो ।
आज बुद्ध जयन्तीका दिनसमेत जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र लगायतका फाँटको सेवा नियमित रहने जिल्ला प्रशासन कार्यालयले वैशाख १९ गतेको सूचना मार्फत समेत जानकारी गराएको छ ।
प्रशासन कार्यालयले वार्षिक रुपमा रहेका विभिन्न सार्वजनिक विदाका दिन सेवा प्रवाहा हुने भनि सूचि समेत यसअघिनै सार्वजनिक गरेको छ । प्रशासन कार्यालय सहित सेवाग्राहीकाे चाप हुने मालपोत ,नापी सहितका कार्यालय समेत विदाका दिन खुल्ने छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |