२०८० मंसिर १६, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ३ द्धारा संचालित तालिमको आज अनुगमन गरिएको छ । वडा अध्यक्ष डोरमान गिरीको नेतृत्वमा वडाका जनप्रतिनिधिहरुले वडामा संचालित विभिन्न तालिमको अनुगमन गरेका हुन् ।
कावासोती–३ द्धारा संचालित ६० दिने व्युटिसियन तालिमको वडा अध्यक्ष डोरमान गिरी सहित वडा सदस्यहरु वसन्ती कुवार केसी, सावित्री रसायली, ?ऋषिराम बस्ताकोटी, रनबहादुर थापा , वडा सचिव विष्णु मिश्र सहितको टोलीले अनुगमन गरेको हो ।
तालिमको प्रभावकारीताका बारेमा बुझ्न र सहभागिका प्रतिकृया लिने उद्येश्यले विदाको दिन पारेर अनुगमन गरिएको वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो । महिलाहरुलाई स्वरोजगार बनाउन वडाले आफ्नो बजेट मार्फत व्युटिसियन तालिम संचालन गरिरहेको छ ।यसै क्रममा सिटिभिटि मार्फत संचालित सिलाईकटाई तालिमको समेत निरिक्षण गरिएको छ ।
जनप्रतिनिधिहरुले आजनै वडामा संचालित कृषिको तालिमको समेत अनुगमन र सहभागिको धारण लिने काम गरेका छन् । वडाबाट विभिन्न प्रकारका तालिम प्रदान गरि सीप विकाससँगै रोजगारको श्रृजनाका लागि तालिमहरु संचालन गरिराखिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |