२०८० मंसिर १६, शनिबार
नवलपुर । नेपाल दरै उत्थान समाज केन्द्रीय समितिको दोश्रो राष्ट्रिय महाधिवेशन नवलपुरमा हुने भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका १२ नयावेलानीमा महाधिवेशन शुक्रबार र शनिबार हुन गइरहेको छ । दोश्रो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि ३ सय ५० सदस्यीय प्रतिनिधिमण्डल रहेको र उद्घाटन नेपाल आदिवासी जनाजाति महासंघका केन्द्रीय महासचिव विवश राईले गर्ने नेपाल दरै उत्थान समाज केन्द्रीय अध्यक्ष मंगलराम दरैले बताउनु भयो । महाधिवेशनले आउँदो तीन वर्षका लागि नयाँ कार्यसमितिसमेत चयन गर्नाका साथै दरै समुदायका लोप हुँदै गएको भाषा धर्म संस्कार संस्कृति , पहिचानलाई स्थापित गराउँदै लैजाने उहाँले जानकारी दिनुभयोे ।
नेपाल सरकारले ५९ जातिलाई आदिवासी जनजाति समुदायका रुपमा सूचीकृत गरेको मध्ये दरै जाति पनि एक हो । महाधिवेशनमा १६ वटा जिल्लाका दरै समुदायका पदाधिकारीहरुको उपस्थित रहने छ । महाधिवेशन दुई दिनसम्म चल्ने छ । महाधिवेशनको व्यवस्थापन नेपाल दरै उत्थान समाज जिल्ला कार्यसमिति नवलपुरले गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |