२०८० मंसिर २५, सोमबार
नवलपुर ।नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरले आँखा शिविर सम्पन्न गरेको छ ।संगठनले ४४ औं शिक्षक दिवशका अवशरमा आँखा शिविर संगसंगै कावासोती ८ को शैक्षिक चोकमा संगठनको जिल्ला कार्यालयको उद्घाटन समेत गरेको छ ।शिविरमा ५३ जनाको आंखा जांच गरिएको संगठनका जिल्ला सचिव टिकाराम डुम्रेले बताए ।
कार्यक्रममा जिल्ला शिक्षक संगठनका इन्चार्ज नरदेव न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता संगठनका जिल्ला अध्यक्ष हरि प्रसाद न्यौपानेले गरेका हुन् ।
कार्यलयको उद्घाटन गर्दे प्रमुख अतिथि न्यौपानेले नयां शिक्षा ऐन तुरुन्त लागु गरिनुपर्ने, शिक्षक सेवा आयोग सबैको विश्वासिलो हुनुपर्ने , शिक्षालाई सरकारले अपनत्व लिनुपर्ने साथै सबैथरी शिक्षकलाई स्थायी गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रज्योति संघका अध्यक्ष विष्णु लम्साल, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष शिव प्रसाद देवकोटा, शिक्षक महासंघका जिल्ला सचिव गिरिराज गिरी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संगठनका जिल्ला सचिव टिकाराम डुम्रेले गरेका थिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |