२०८० मंसिर १६, शनिबार
चितवन । चितवनमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धि सबै सेवा स्थगित भएको छ । सेवा सुरु भएको तेस्रो दिनमा नै केन्द्रीय सर्भरमा समस्या आएपछि सेवा स्थगित गर्नुपरेको यातायात व्यवस्था कार्यालय चितवनले जनाएको छ ।
केन्द्रीय सर्भरमा समस्या देखिएकोले वायोमेट्रिकदेखि प्रयोगात्मक परीक्षा (ट्रायल)सम्मको सबै सेवा स्थगित भएको कार्यालयले जानकारी दिएको छ ।
सर्भरमा समस्या देखिएको भन्दै कार्यालयले हिजो (मंगलबार) वायोमेट्रिक लिने कार्य स्थगित गरेको हो । त्यस्तै, मंगलबार नै लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गर्न नसकिएको यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख कालिबहादुर भुजेलले जानकारी दिए । आज हुने भनेको ट्रायल परीक्षा पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।
केन्द्रीय सर्भरमा आएको समस्या समाधान भएपछि वायोमेट्रिक देखि ट्रायलसम्मका कामको नयाँ सूचना जारी गरिने भुजेलले जानकारी दिए ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |