२०८० मंसिर २५, सोमबार
नवलपुर । पार्टीमा देखिएका समस्या समाधान गरि पार्टी दुरुस्त राख्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनु भएको छ । नवलपुरको कावासोतीमा नगर कमिटीको आयोजनामा भएको नगर स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीमा विभिन्न खालका समस्याहरू पैदा भएकाले यो समस्याको पहिचान गरि पार्टीलाई दुरुस्त राख्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको बताउनुभयो ।
‘मान्छे बिरामी भयो, यसै औषधी खुवाएर हुन्छ, पहिला रोग पत्ता लगाउन पर्यो, कुन चाही विधिले रोग निको हुन्छ, अनीमात्रै औषधी खुवाउन पर्छ ,यसकारण हामीले मिसन ग्रास रुट हाम्रो पार्टी भित्र देखा परेको रोग पहिचान गर्न खोजेका हौं ,त्यपछी समाधानका लागि अर्को अभियान चलाउँछौं’ उहाँले भन्नुभयो ।समग्रमा पार्टीलाई थप बलियो बनाउन अभियान चलाइएको उहाँले बताउनुभयो ।
उहाँले थप भन्नुभयो ‘पहिचान पछि सोही अनुसार उपचार गर्नेहोला, निकाल्न पर्नेलाई निकाल्दिनी, कार्वाही गर्नुपर्नेलाई कार्वाही गर्ने,निलम्बन गर्नुपर्नेलाई निलम्बन गर्ने, सचेत गर्नुपर्नेलाई सचेत गराउने ,सम्झाई बुझाई गर्नुपर्नेलाई सम्झाई बुझाई गर्ने र पार्टीलाई दुरुस्त राख्न भनेर हामीले मिसन ग्रास रुट चलाएका हौं।’
उहाँले कार्यक्रममा बोल्दै हाम्रो आचरण व्यवहार कम्युनिष्ट प्रवृतीको भए भएन भनेर समीक्षा गर्नुपर्ने बताउनुभयो । पार्टीले लेलिनबादी संगठनात्मक सिद्धान्त अनुसरण गरेकाले यहि आधारमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । यो सिद्धान्त भत्किदा पार्टी बलियो बनाउन नसकिने उप महासचिव गुरुङले बताउनुभयो । ‘व्यक्ती भन्दा निती ठूलो हो, हामी पार्टीको सिद्धान्त अनुसार अघि बढ्नुपर्छ, नत्र पार्टी कमजोर हुन्छ ।’ उपमहासचिव गुरुङले भन्नुभयो ।
कार्यक्रममा बोल्दै संगठन विभाग प्रमुख खगराज अधिकारीले एमाले नीतिले, नियमले, विधानले चल्ने बताउँदै उहाँले माओवादी केन्द्रमा रहेका नेता कार्यकर्तालाई माओवादी कम्युनिष्ट पार्टी भएको भ्रमबाट मुक्त हुन अनुरोध गर्नुभयो । माओवादी लगायतका पार्टी परित्याग गरि एमालेमा आएका कार्यकर्तालाई स्वागत गर्दै उहाँले माओवादी र नेकपा एस कम्युनिष्ट पार्टी नभएको बताउँदै एमाले पार्टी रोज्नु सही निर्णय भएको नेता अधिकारीले बताउनुभयो । उहाँले पार्टीलाई बजबुत बनाउन सिद्धान्तमा दृढ भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कावासोतीमा भएको भेलामा ग्रास रुट अभियानका अभियन्ता भीम कार्की ,सोभियत ढकाल, एमाले नवलपुर इन्चार्ज तिलक महत लगायतले आफ्नो भनाई राखेका थिए । कावासोतीमा भएको कार्यक्रममा नेपाली कांग्रेस, माओवादी लगायतका पार्टी परित्याग गरि विभिन्न व्यक्ति एमालेमा प्रवेश गरेका थिए । उनीहरूलाई उपमहासचिव सहित नेताहरूले सदस्यता प्रदान गरि पार्टीमा स्वागत गरेका थिए ।
मिसन ग्रास रुट अभियान अन्र्तगत कावासोतीमा भेला गरिएको हो । भेला नगर कमिटी अध्यक्ष रामकृष्ण ढुङ्गानाको अध्यक्षता तथा सचिव राजेन्द्र पाण्डेको संचालनमा भएको थियो । कावासोतीमा भएको भेलामा पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
भिडियो सामाग्री ।
https://www.facebook.com/nawalpurpress2077/videos/550786867198884
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |