२०८० मंसिर १४, बिहिबार
चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको लागि ७ दिने विचारशीलता शिविर शुरु भएको छ । शिविरको उद्घाटन गर्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरको समग्र शैक्षिक विकासको लागि शिविर फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
मध्यविन्दु नगरपालिकामा शैक्षिक सिकाईलाई थप प्रभावकारी र समयानुकुल बनाउन ह्याप्पीनेश करिकुलम लागु गर्नेगरी नगरपालिकाले तयारी गरिरहेको उहाँले बताउनुभयो । नगरपालिकामा यस अगाडी सम्पन्न ह्याम्पीनेश करिकुलम सम्बन्धि तिन दिने तालिम, भारतको राजधानि दिल्लीको शैक्षिक भ्रमण र अहिले सञ्चालन भएको तालिम यसको निरन्तरता भएको बताउनुभयो ।
उहाँले पहिलो चरणमा विद्यालयका प्रधानाध्यापकहरुको लागि अहिले सञ्चालन भएको तालिमलाई क्रमश विद्यालयका सबै शिक्षकहरु र अभिभावक सम्म पु¥याउने बताउनुभयो । उहाँले मध्यविन्दु नगरपालिकामा आगामी शैक्षिक शत्र देखि स्थानीय पाठ्य पुस्तक कार्यान्वयन हुने चरणमा रहेको भन्दै अब ह्याप्पीनेश करिकुलम पनि चाडै लागु गर्ने बताउनुभयो । उहाँले तालिमको अवधिमा सम्पूर्ण ध्यान शिविरमा केन्द्रीत गर्नका लागि सबै सहभागीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरीले तालिमले मध्यविन्दु नगरपालिकाको शैक्षिक क्षेत्रमा सकरात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले माध्यामिक तह सम्मको शिक्षाको अधिकार पाएको स्थानीय तहले शैक्षिक विकासको लागि अहिलेको प्रयास गरेको भन्दै सबै पक्षको सहयोगको आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मध्यविन्दु १३ का वडा अध्यक्ष अर्जुन प्रसाद पंगेनी, मध्यविन्दु १ का वडा अध्यक्ष तिलकराम न्यौपानेले शिविरको शुभकामना व्यक्त गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |