२०८० मंसिर २४, आईतबार
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मंगलबार २० घर विपन्न परिवारलाई निःशुल्क धारा वितरण गरेको छ । कावासोती नगर प्रमाुख विष्णुप्रसाद भुसाल , संस्थाका अध्यक्ष दिपकराज लम्साल, खानेपानीका पूर्व अध्यक्ष भिम कंडेल ,कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा धारा हस्तान्तरण गरिएको थियो ।
धारा जडान, मिटर बक्स, पाइपलगायत जडान गर्दासम्म निःशुल्क हुने गरी धारा वितरण गरिएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताउनु भयो । निशुल्क धारा पाँउ भनि ५१ घरपरिवारले निवेदन दिएको भएपनि अति विपन्न परिवार छनोट गरि यस वर्ष २० जनालाई धारा वितरण गरिएको हो । बाँकी घरपरिवारलाई पनि वितरण गर्दै जाने उहाँले बताउनु भयो । कावासोती खानेपानीले आफ्नो सामाजिक उत्तरदायित्वको रुपमा विपन्न परिवारलाई निशुल्क धारा वितरण गरेको अध्यक्ष लम्सालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसालले शुद्ध खानेपानी सबैको पहुँचमा पुर्याउन नगरपालिकाले आवश्यक समन्वय गर्ने बताउनुभयो । कावासोती खानेपानी संस्थाको स्थापना कालदेखि लामो समय सम्म आफूले समेत नेतृत्व गरेको स्मरण गर्दै यहाँको पानी वितरणलाई प्रभावकारी, थप शुद्ध र स्वच्छ पानी वितरणका लागि संस्था हाल समेत लागि रहेको भन्दै अहिले निशुल्क रुपमा विपन्न परिवारलाई धारा वितरण गरेकोमा धन्यवाद दिनुभयो ।
उहाँले कावासोती ७ लगायतका क्षेत्रमा शुद्ध पानि वितरणका लागि कावासोती खानेपानीसँग एकिकृत योजना बनाएर लाग्नुपर्ने बताउनुभयो । तल्लो क्षेत्रमा आर्सनिकको समस्या हुने भएकाले सो क्षेत्रमा लुम्बिनी कलेजमा रहेको ओभरहेडबाट पानी वितरण गरि स्वच्छ, शुद्ध पानी उपभोक्तालाई पुर्याउन सकिने बताउँदै सबै नागरिकलाई शुद्ध खानेपानी सबैको पहुँचमा पुर्याउन आवश्यक कार्ययोजना सहित आए नगर स्तरबाट आफूले सहयोग गर्ने बताउनुभयो ।
खानेपानीका पूर्व अध्यक्ष भिम कंडेलले स्वच्छ र सफा पानी पाउनु सवैको अधिकार भएको बताउनुभयो । खानेपानीले विगतको वर्षमा समेत निशुल्क धारा वितरण गरेको स्मरण गर्दै हाल समेत त्यस्ता नागरिकलाई शुद्ध पानी पुर्याउन संस्थाले यो योजना गरेकोमा धन्यवाद दिनुभयो । उहाँले पानी चुहावटको समस्या कावासोती खानेपानीमा रहेकाले यसको नियन्त्रणका लागि कामगर्नु बताउनुभयो । विविध कारणले पानी चुवावट भएकाले यसतर्फ सवै लाभग्राही सचेत हुनु पर्नेमा जोड दिनु भयो । उहाँले त्यसो चुहावट नियन्त्रणका लागि संस्थालाई सहयोग गर्न समेत उपभोक्तालाई आग्रह गर्नुभयो ।
कावासोती नगरपालिका वडा नं ५ का खेम बहादुर थापा निशुल्क धारा वितरणमा आफु पनि छनोट हुदा खुसी व्यतm गर्नु भयो । अहिले सम्म आफ्नो धारा नहुदा समस्या भएको दिनहुँ अरुको धारामा पानी लिन कुर्नु पर्ने समस्या हटेको बताउनु भयो । उहाँले भन्नुभयो “अरुको धाराबाट पानी खाने र आफुले प्रयोग गर्दा लाग्ने आधा शुल्क तिर्ने गर्दा धेरै समस्या भएको गुनासो गर्नुभयो ।”उहाँ जस्तै कावासोती नगरपालिका वडा नं ९ का रेस कुमारी महतोले पनि आफ्नो धारा नहुदा अरुको धाराबाट सवा मिटर बाट शुल्क तिर्ने गरेको र अहिले आफ्नै घरमा धारा जडान गर्दा खुसी लागेको बताउनु भयो ।
विपन्न परिवारलाई निशुल्क धारा वितरण कार्यक्रमको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव ज्ञानेन्द्र न्यौपानेले सहजीकरण गर्नु भएको थियो । उपाध्यक्ष विन्दु ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |