२०८० मंसिर १४, बिहिबार
कावासोती । कावासोती नगरपालिका वडा नम्बर ३ को कार्यालयले वडा भित्र रहेका ज्येष्ठ नागरिक तथा पूर्ण अपांगता भएका व्यक्तिलाई सम्मान गरेको छ । आज वडा कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरि सम्मान गरिएको वडा सदस्य बसन्ती कुवर क्षेत्रीले बताउनुभयो । चालु आर्थिक वर्षको सामाजिक विकास कार्यक्रम अन्र्तगत वडा भित्रका ८५ वर्ष पुरा गरेका करिब ४७ जना ज्येष्ठ नागरिक र १३ जना पूर्ण अपांगता भएकाहरूलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका वडा नम्बर ३ का अध्यक्ष डोरमान गिरीको अध्यक्षता एवं कावासोती नगरपालिका नगर उप प्रमुख फूलकुमारी थनेतको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । सम्मान कार्यक्रममा वडा सदस्य ऋषिराम बस्ताकोटी, बसन्ती कुवर , रन बहादुर थापा, सावित्री रसाइली ,नगरपालिका कानुनी सल्लाहकार ऋषि राम अधिकारी , वडा सचिव विष्णु मिश्र लगायतको उपस्थिति रहेको थियो ।
ज्येष्ठ नागरिक तथा पूर्ण अपांगता भएकाहरूलाई झोला, झुल, सल लगायतका सामाग्री प्रदान गरि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै नगर उप प्रमुख फूल कुमारी थनेतले वडाले ज्येष्ठ नागरिक तथा पूर्ण अपांगता भएकाहरूको सम्मान गरेकोमा वडा परिवारलाई धन्यवाद दिनुभयो । उहाँले ज्येष्ठ नागरिकको सम्मान गर्ने कुरामा घरपरिवारले पनि भूमिका निर्वाहा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष डोरमान गिरीले वडाले सामाजिक दायित्व समेत बहन गर्नुपर्छ भन्ने मानेर ज्येष्ठ नागरिक र पूर्ण अपांगता भएका व्यक्तिको सम्मान गरेको बताउनुभयो । ज्येष्ठ नागरिकले एउटा घर देखि समाज परिवर्तनमा समेत ठूलो भूमिका खेलेको हुनाले ति विषयलाई स्मरण गर्ने र त्यस्ता व्यक्तिका ज्ञान ,अनुभवलाई ग्रहण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |