२०८० मंसिर २४, आईतबार
कावासोती । रिड नेपाल र पिपुल फोरमको आयोजनामा न्याय सम्पादन अधिकारीहरु र सरोकारवालहरुको समन्वय वैठक कावासोती १६ डण्डामा रहेको अग्यौली सामुदायिक स्रोत पुस्तकालयमा भएको छ । बैदेशिक रोजगार तथा मानब बेचविखन प्रभावित व्यक्ति तथा तिनका परिवारहरुका लागि प्रभावकारी रुपमा कानूनी सहायताका क्षेत्रमा सहयोग गर्ने । कानूनी परामर्श र न्याय सम्पादनका समग्र पक्षहरुमा योगदान गर्ने । बैदेशिक रोजगारमा ठगिएका, मानब बेचविखन प्रभावित व्यक्तिहरु तथा परिवारहरुका लागि कानूनी सहायता सहज तथा प्रभाबकारीरुपमा प्राप्त हुने अवस्थाको सिर्जनाका लागि समन्वय वैठक सन्चालन गरिएको थियो ।
समन्वय वैठक पिपुल फोरमको आयोजना रिड नेपाल,आइरिक्सको सहयोग तथा अग्यौली सामुदायिक पुस्तकालयको समन्वयमा भएको थियो ।समन्वय वैठकमा हाल विद्यमान ऐन, निति र नियमका आधारमा समन्वयको माध्यमबाट हल गर्न सकिने उपायहरुवारे छलफल गरिएको थियो।
वैठकमा वोल्दै प्रहरी निरिक्षक मुद्दा शाखा नवलपुरका, विकास अधिकारीले मानव वेचविखन र वैदेशिक रोजगारमा कार्यलयमा आउने सुचना र तिनको सुक्ष्म छानविनवारे जानकारी प्रदान गर्दै सहि सुचना लिन अति कठिन सुचनामा ग्याप र खुल्ला सिमाना वारे जानकारी गराउनु भएको थियो । वैदेशिक रोजगार र मानव वेचविखनका समस्यमा खुल्ला सिमाना पनि समस्याको रुपमा रहेको उहाँले बताउनुभयो ।
सहायक जिल्ला न्यायधिस रोग वहादुर विष्टले एजेन्ट पत्ता नलाग्दा मुद्धा किानारा लाउन नसकेको कुरा राख्नु भएको थियो । साथै उहांले मानव वेचविखनमा म्याद थप, वयान लिने,सोधपुछ गरिने र यस्ता केस हाम्रो जिल्लामा भए गरेको जानकारी दिनुभयो। उहाले दियो परियोजना कार्यक्रम सुगममा मात्र नभई दुर दराजमा पनि लान सुझाव दिनुभयो । विषेशत हाल महिलाहरु पनि वैदेशिक रोजगारमा जान लागेको हुदा सिप मुलक तालिम र ज्ञान, सुचना दिनुपर्ने भन्दै आयोजक संस्थालाई सुझाव तथा धन्यावाद प्रकट गर्नु भयो । मानव वेचविखन ऐन २०६४ मा तथा नियमावली २०६५ मा भएका कानुनी व्यव्सथावारे केहि कुराहरु राख्नु भएको थियो।
सरकारी वकिल, रवि प्रसाद पाण्डले वैदेशिक रोजगारका सकारात्मक प्रभाव चुनौती र स्थानिय स्तरमा अदालतले नहेर्ने हुदा सेवा ग्राहि तथा पिडितलाई समस्या पर्ने कुराको जानकारी गराउनु भएको थिया। साथै अङभङ भएमा क्षतिपुति प्रकृया झन्झटिलो रहेको हुदां यसलाइ व्यवस्थापन गर्नमा जोड दिनुभयो । न्यायिक समिति सदस्य वसन्ती कुवर केसीले स्थानीय तहमा लेनदेनका घटना आउने र कतिपय वैदेशिक रोजगारका प्रमाण संकलन गर्नमा सहयोग गरेको र कानुललाई टेकेर व्यवहारिक समस्या समाधान गर्नमा सहयोग पुगेका कुरामा जोड दिनुभयो ।
सामी परियोजनाबाट रन्जना लम्सालले पिडित र पिडकलाई मिलापत्र गराउन नपाउने व्यवसथामा हेरफेर हुनुपर्ने र अधिकार प्रत्यायोजनमा सामिलाई दिए थप राम्रो हुने कुरा जोड्दै हाल सम्म सामिले जिल्लामा २१०० मुद्धा हेरेको ६० प्रतिशत मुद्धा समाधान गरेको बताउँदै पिपुल फोरमानै मुद्धा सम्प्रेषण गरेका कुरा जोडनु भएको थियो। उहांले सुचना पाउदा पनि एजेन्ट पक्राउ नपरेको काम गर्न नसकेको कुरा वताउदै विभागमा काम ढिला हुदा पिडित मर्कामा पर्ने र कामदारलाई करारका व्याख्या वुझने गरि हुनुपर्ने सुझाव दिनुभयो । साथै १६ का वडाध्यक्ष आनन्द श्रेष्ठले यस्ता वैठक समय समयमा वस्नुपर्ने राय सल्लाह अग्रिम सुचना दिई लिनु पर्ने र सरकारले श्रम स्थानिय तहवाट गरिदिए वैदेशिक रोजगारमा जाने कामदारलाई सहज हुने भन्दै उहांले आफन्तवाटै ठगिमा पर्ने र सचेत हुनुपर्ने कुरामा वोल्दै कतिपय पिडित संग प्रमाण नहुदा प्रमाण संकलनमा स्थानिय तह लागेको कागज वनाई प्रमाण जुट्याउन सहयोग गरेको र तथ्याङ संकलन पनि यस नगरमा भएको कुरा जानकारी गराउदै आगामि आर्थिक वर्ष २०८०।०८१ मा यस दियो परियोजना कार्यक्रमलाई वजेट विनियोजन गरिदिने कुरा राख्नु भएको थियो । सहभागि सवैले आ आफनो धारणा राय सल्लाह सुझाव प्रदान गर्नु भएको थियो ।
पुस्तकालयका अध्यक्ष सुर्य प्रसाद पाण्डेले रिड नेपाल र पिपुल फोरम लगायत सवैमा धन्यावद ज्ञापन गर्दै पुस्तकालयले दियो कार्यक्रमबाट स्थानिय स्तरमा पुगेका फाईदा र चुनैतीका विषयमा धारणा राख्दै कार्यक्रम समापन गर्नुभएको थियो । कार्यक्रमको समन्चालन तथा व्यवस्थापन पुस्तकालयका व्यवस्थापक मदन गिरीले गर्नु भएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |