२०८० मंसिर २४, आईतबार
नवलपुर । शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न निषेध गर्नुपर्ने प्रस्ताव गरिएको छ। राष्ट्रिय सभामा आइतबार टेबल भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैरसरकारी विधेयकमा उक्त व्यवस्था गरिएको हो।
व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतिक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन नमिल्ने प्रावधान राखिएको छ। व्यापारिक प्रयोजन वा विज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग गर्न रोक लगाइने भएको छ। यसैगरी झण्डा च्यात्न, जलाउन, फ्याँक्न वा पोको पार्न पनि रोक लगाइएको छ। राष्ट्रिय झण्डालाई उल्टो राख्ने वा अपमान हुने किसिमको काम गर्न समेत रोकिएको छ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |